default_image

10 years ago

September 17, 2015

राखेपको स्वतपत्रमा पूर्व सदस्य सचिव लामाको टिप्पणी

356 views

0 Bookmark

काठमाडौं, भदौ ३१ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव भएको दुई महिना भन्दा केही दिनपछि केशवकुमार विष्टले निर्वतमान सदस्य सचिव युवराज लामाको चार बर्षे कार्यकालको स्वतपत्र जारी गरेका छन् ।

Yuvaraj Lama

विभागिय प्रमुखको उपस्थितिमा बुधबार संक्षिप्त स्वतपत्र जारी गर्दै विष्टले कसैप्रति पूवाग्रही राखेर नभइ कसरी जिम्मेवारी पुरा गरिएको छ भन्ने फेहरिस्त मात्र भएको उल्लेख गरेको छ । भदौ २८ गते ५२ औं स्थापना दिवस मनाएको राखेपको इतिहासमा स्वेतपत्र पहिलो पटक जारी गरिएको विष्टले दाबी गरे ।

राखेपको इतिहासमै पहिलो पटक स्वत पत्र जारी गर्ने ठूलो आट गर्नु परेको जनाउँदै विष्टले भने,‘ यो तयार पार्न कम चुनौतिपूर्ण थिएन । धेरै खालका दबाब नआएका होइनन् । त्यसै कारण अहिले विवादमा तान्ने काम पनि भएको छ । तर म त्यहाँ वइमानी गर्न आएको होइन । सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्व गर्नुपर्छ भन्ने हो ।’

२०६८ देखि २०७२ सम्मका प्राप्त विवरणका आधारमा कमल खनालको संयोजकत्वमा ६ विभागिय प्रमुख र अर्का कम्प्युटर सहयोगीले तयार पारेको स्वतपत्रमा प्रशासन विभाग, सामान्य प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, पेश्की, वेरुजु, कार्यक्रम खर्च, मर्मत खर्चको अलग अलग शीर्षक उल्लेख गरिएको छ ।

त्यस्तै आपूर्ति तथा भण्डार शाखा, पूर्वाधार निर्माण तथा मर्मत शाखा, कानुनी शाखा, खलकुद विकास विभाग, खेलकुद प्रतियोगिता तथा योजना विभाग, विद्यालय खेलकुद, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान, तालिम तथा प्रशिक्षण विभागमा पछिल्लो चार बर्षे कार्यकालमा भएको खर्च विवरण उल्लेख गरिएको छ । हजार बढी कर्मचारी रहेको राखेपमा पछिल्लो चार बर्षमा १ सय ११ कर्मचारी भर्ति गरेको देखिन्छ भने अहिले सम्म ५३ करोड ४८ लाख ७५ हजार पेश्की फछ्यौट हुन बाँकी रहेको देखिन्छ ।

पत्रकार सम्मेलनमा वितरित स्वतपत्रको संक्षित विवरणमा लामाको कार्यकालका सकारात्मक र नकारात्मक पक्षलाई पनि उल्लेख गरिएको छ । सकारात्मक पक्ष १४ र नकारात्मक पक्ष १७ बुदामा उल्लेख छन् ।

राखेपले स्वत पत्र जारी गरेको केही घन्टामा फेसबुकमार्फत प्रक्रिया दिने क्रममा निर्वतमान सदस्य सचिव लामाले लेखे, स्वत पत्र तयार गर्ने सबै विभागिय प्रमुख मेरो कार्यकालमा पनि विभागिय प्रमुख थिए । राखेपको केन्द्रिय कार्यालयको जिम्मेवार कर्मचारी जो सबै निर्णयमा सहभागि थिए ।

जनताप्रति सबैले जवाफदेयी हुनु पर्नेमा जोड दिदै सदस्य सचिव विष्टले आफुले हरेक बर्षको कार्यविवरण सार्वजनिक गर्ने प्रतिबद्दता व्यक्त गरे । ‘सय दिन पुरा भएपछि पनि आफ्नो काम सार्वजनिक गर्नेछु,’ उनले भने,‘त्यसपछि हरेक बर्ष प्रगति विवरण सम्बन्धित निकायमा दिनेछु र आवश्यकता अनुसार सार्वजनिक गर्नेछु ।’

बिहीबार फेसबुकमा प्रतिक्रिया लेख्दै लामाले भनेका छन् ,राखेप सदस्य सचिवको निर्देशनमा कमल खनालको संयोजनमा तयार गरिएको स्वतपत्र भनिएको समिक्षा पत्रमा ७ मोटरसाइकल खरिद भएकोमा ३८ मोटर वटा लेखिएको र ऐनको व्यवस्थालाई बंगाएको पाइयो । कानुनी उपचार गर्ने विचारमा पुगियो । हुन त मन्त्री र सदस्य सचिव आफै अख्तियारले कारबाही गर्न सरकारलाई लेखिसकेको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.