default_image

3 years ago

March 6, 2023

एसियन क्रस कन्ट्री- ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने

336 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ११ देशका ६५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रम अनुसार नेपाल एथलेटिक्स संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालसहित ११ देशका खेलाडीले ४ विधाको व्यक्तिगत र समूहगत प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

गोकर्ण गल्फ क्लबमा हुने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड खेलाडीको सहभागिता रहनेछ । त्यसमा नेपालका सबै भन्दा बढी १९ खेलाडीको सहभागिता रहनेछ । छनोट प्रतियोगिताबाट छानिएका खेलाडीलाई संघले बन्द प्रशिक्षणमा राखेको छ ।

च्याम्पियनसिपमा सिनियर महिाला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलाातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुनेछ । नेपालबाट सिनियर महिलामा ४ र बाँकी सबै इभेन्ट्समा समान ५ खेलाडीले च्याम्पियनसिपमा भाग लिने संघका अध्यक्ष राजीव विक्रम शाहले जानकारी दिए ।

नेपालले २२ वर्षपछि यो च्याम्पियनसिप आयोजना गर्न लागेको हो । सन् २००१ मा छैटौं संस्करण आयोजना गर्दा नेपालले जुनियर महिलातर्फ कास्य पदक जितेको थियो ।

नेपाली सिनियर खेलाडी पुष्पा भण्डारीलगायत सहभागी अन्य देशका खेलाडीले उच्च प्रर्दशनको‌ अपेक्षा राखेको बताएका छन्।

यसपटक च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद, कर्णाली खेलकुद लकुद विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटिभी प्लसको सहयोग रहेको छ ।
त्यस्तै अन्य सहयोगीमा ग्रान्डी इन्टरनेसनल हस्पिटकल, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, डाबर नेपाल, एमएडब्लू लाइफ जिप, नेपाल टेलिकम, केल्मी, हाम्रो खेलकुद, क्लासी प्रिन्टर, गोल्ड स्टार, जेट्स ट्राभल्स र गोकर्ण गल्फ रिसोर्ट रहेका छन् ।

च्याम्पियनसिपका लागि एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष जेनेरल दालान अ हमादलगायत अन्य प्राविधिकहरुको आगमन भइसकेको संघले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले च्याम्पियनसिपको उद्घाटन गर्ने बताएको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.