default_image

3 years ago

March 17, 2023

एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु दुर्घटनामा परि घाइते

449 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियन क्रस कन्ट्रीकी पदक विजेता खेलाडी अन्जु खड्का सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी छिन् । बौद्ध जोरपाटीमा बिहीबार साँझ ७ः०० बजे मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी अन्जुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आइसियूमा उपचार भइरहेको बताइएको छ ।

बिहीबार नै उनको टाउकोको शल्यक्रिया गरिएको र चिकित्सकका अनुसार अवस्था गम्भिर रहेको एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए । फागुन २३ गते भएको एसियन क्रस कन्ट्री जुनियर महिला (यू २०) मा अन्जु सम्मलित टोलीले रजत पदक जितेको थियो । गत मंसिरमा भएको नेपालगन्ज धारा म्याराथनको हाफ म्याराथनमा अन्जुले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले अन्जुको उपचारमा संघले सक्दो सहयोग गर्ने बताएका छन् । शाहले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अन्जुको उपचारमा सहयोग हुने संघले आशा गरेको बताएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले अन्जका विषयमा राखेपका सदस्य सचिवलाई जानकारी दिएको बताएका छन् । ‘आजै सदस्य सचिव रामेछाप जानु भएको छ । मैले अन्जुको अवस्थाका बारेमा जानकारी गराए,’ श्रेष्ठले भने, ‘उनको उपचारका लागि आवश्यक सबै सहयोगका लागि परिषद् तयार छ भन्नुभएको छ ।’

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.