default_image

2 years ago

August 19, 2023

नेपाल एसिया रग्बीको सेमिफाइनल पुग्न सकेन

615 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली घरेलु मैदानमा शनिबार सुरु भएको एसिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न सकेन ।

दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी सेभेन्समा नेपालले खेलका सबै ३ खेलमा हार बेर्होदै सेमिफाइनल पुग्नबाट बन्चित रह्यो । नेपालको समूह ‘बी’ मा थियो । पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपाल मलेसियासँगको ४४–० ले गुमाएको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ३६–० ले हार बेहोर्यो । नेपालले पाँचौं स्थानका लागि आइतबार उज्बेकिस्तासँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा चाइनिज ताइपेइ र मलेसिया तथा थाइल्यान्ड र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ डबल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालको यू–२० महिला टोली पहिलो दिन सबै तीन खेल गुमायो । राउन्ड रोविन लिगपछि प्राप्त अंकको आधार शीर्ष तीन निर्धारण हुनेछ । हङकङसँग को खेल ३४–५ ले पराजित भएको नेपाल अर्को खेलमा मलेसियासँग २४–० ले हार बेहोर्यो । तेस्रो खेलमा नेपाल थाइल्यान्डसँग ४५–० ले पराजित भयो । आइतबार पनि नेपाली महिला टोली तीन खेल खेल्नेछ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले प्रतियोगिताको उद्घाटन गरेका थिए । एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतको उपस्थिति थियो ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.