default_image

2 years ago

September 21, 2023

बर्लिन म्याराथनमा नेपाली धावकले भाग लिने

1561 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व प्रसिद्ध बर्लिन म्याराथनमा नेपालबाट २ धावकले भाग लिने भएका छन् । जर्मनीको बर्लिनमा आइतबार हुने म्याराथनमा ४७ हजार ९ सय १२ धावकमध्ये २ जनाले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपालबाट सहदेव व्यञ्जनकार र दिनेश व्यञ्जनकारले विश्वको सबैभन्दा तीव्र गतिको मानिएको म्याराथन कोर्समा भाग लिंदैछन् । सहदेवले यसअघि सन् २०१७ मा अमेरिकाको न्युयोर्क म्याराथन र २०१९ मा सिकागो म्याराथनमा सहभागिता जनाइसकेका छन् । सहदेवले नेपालभित्र आयोजित अन्नपूर्ण १०० अल्ट्रा म्याराथन, स्तुपा टु स्तुपा ५४ किलोमिटर, फिसटेल म्याराथन सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

सहदेवसँग विश्वको सबैभन्दा अग्लो स्थानमा हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२२ सम्पन्न गरेको अनुभव छ । क्यानडाको टोरन्टोमा बस्दै आएकी उनकी दिदी मञ्जु व्यञ्जनकारले पनि सगरमाथाको आधार शिविरबाट शुरु हुने अघिल्लो संस्करणको एभरेष्ट म्याराथनमा सहदेवलाई साथ दिएकी थिइन् ।

सहदेव नेपाल डायनामिक रनिङ क्लबका सह–संस्थापक समेत हुन् । सन् २०१५ मा ललितपुरको पाटनमा स्थापना भएको क्लबले ग्लोबल रनिङ डे को अवसर पारेर गल्ली रन, लामो दुरीको दौड लगायत आयोजना गर्दै आएको छ । ग्लोबल रनिङ डे न्युयोर्कका मेयरले शुरु गरेका हुन् ।

त्यस्तै अर्का सहभागी दिनेश व्यञ्जनकार पूर्व फुटबलर हुन् । उनीसँग पनि हाफ म्याराथन र १० किलोमिटर दौडेको अनुभव छ । दुबै धावकलाई नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले हालै बिदाइ गरेका थिए । मानन्धरले दुबैलाई म्याराथन सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.