default_image

2 years ago

March 21, 2024

राइट टु प्रोटिन रनमा ७ हजार बढी दौडने

751 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राइट टु प्रोटिन रनको हाफ म्याराथनको तेस्रो संस्करण सबै तयारी पूरा भएको आयोजक नेपाल भेटेरिनरी एसोसिएसनले जानकारी दिएको छ । हाफ म्याराथन शनिबार दशरथ रंगशालामा आयोजना हुँदैछ ।

प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सितलकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ (किमी पुरुष) र ३ कि.मी. (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयर गरी ८ विधाका दौडहरु समावेश गरिएको बताइएको छ । ८ विधामा ७ हजार भन्दा बढीले सहभागिता जनाउने बताइएको छ ।

प्रतियोगितामा १४ लाख १२ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको छ । हाफ म्याराथनको विजेताले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन्। त्यसमा पाँचौं स्थानसम्म प्राप्त गर्नेलाई नगद पुरस्कार रहेको बताइएको छ ।

प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद् र प्राविधिक सहयोगीमा नेपाल एथलेटिक्स संघ रहेको छ । कार्यक्रमको हस्पिटल पार्टनरमा प्रिमेरा, टिकेटिङ पार्टनर इसेवा, साउन्ड सिस्टम पार्टनर आएसएस, हस्पिटालिटी पार्टनर मेरियोट होटल, फेयरफिल्ड बाई मेरियट र फूड पार्टनर केबि एग्रो रहेको बताइएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने हाफ म्याराथन भक्तपुरको राधे राधे पुगेर सोही रुटबाट फर्कने र प्राविधिक संयोजन एथलेटिक्स संघले गर्ने सचिव आरके विष्टले बताए ।

नेपाल जस्ता विकासोन्मुख मुलुकहरुमा नागरिकको ठूलो हिस्सा सन्तुलित आहाराबाट बन्चित रहने गरेको तथ्याङ रहेको छ । प्रोटिनजन्य खाद्यपदार्थहरु जस्तै दूध, माछा, मासु, अण्डा, गेडागुडी आदिको हिस्सा कम हुँदा नेपालमा लाखौं मानिसहरु कुपोषण ग्रसित छन् भने ५ वर्ष मुनिका ३८.८% पुड्को,, २७% कम तौल र ११% बालबालिकाहरु ख्याउटे हुने समस्याबाट ग्रसित छन् ।

गरिबी, कमजोर आर्थिक अवस्था र विकट भूगोलका कारण सहज उपलब्धताको कमीका साथै जनचेतनाको कमी यसका मुख्य कारणहरु हुन् । त्यसलाई मध्यनजर गर्दै भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकार को मर्मलाई आत्मसाथ गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनलगातका विभिन्न दौड प्रतियोगिता आयोजना गरेको संयोजक श्रेष्ठले बताए ।

हाफ म्याराथनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताइएको छ । गत वर्ष हाफ म्याराथनको उपाधि महिलातर्फ फुलमती राना र पुरुषतर्फ दीपक अधिकारीले जितेका थिए । म्याराथन अवलोकनका लागि विश्व भेटेरिनरी एसोसियसनका अध्यक्ष राफेल लगुनेको पनि उपस्थिति रहने बताइएको छ । युनाइटेड स्टेट्स सोयाबिन एक्पोर्ट काउन्सिलको मुख्य प्रायोजन रहेको हाफ म्याराथनका पशु सेवा विभाग र नेपाल दाना उद्योग संघ अन्तर्गतका दाना उद्योगीहरुको विशेष सहयोग रहेको बताइएको छ ।

हाफ म्याराथनमा पुरुषमा १ हजार २ सय ६६, महिलामा १ सय ८२ को सहभागिता निश्चत भएको बताइएको छ । त्यस्तै १० किमी पुरुषमा ३ हजार ८१ जना, ५ किमी महिलामा १ हजार १ सय ६६ जना, ५ किमी छात्रमा ७ सय ९२ जना, ३ किमी छात्रामा ४ सय ७२ जना दौडका लागि नाम दर्ता गराइसकेका छन् । त्यस्तै ह्विलचियर पुरुषमा ४०, महिलामा २०, किन्डर गार्डेनमा २ सय ६८ जनाले सहभागिताका लागि फारम भरेका छन् ।

एसोसिएसनका अध्यक्ष रामकृष्ण खतिवडा, दाना उद्योग संघका अध्यक्ष रबिन पुरी, संयोजक श्रेष्ठलगायतले हाफ म्याराथनका लागि तयार पारिएको टिसर्ट पत्रकार सम्मेलनमा प्रदर्शन गरिएको थियो ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.