2 years ago
March 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ ।
केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
तीन वर्षअघि संघ र कामारुबीच २ वर्षे सम्झौता भएको थियो । सम्झौता अवधि गत वर्ष नै सकिए पनि आपसी सहमतिकै आधारमा पछिल्लो एक वर्षपछि प्रायोजन निरन्तर भइरहेको बताइएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबललाई पोशाक प्रायोजन गर्ने केल्मी पहिलो कम्पनी हो । नयाँ सम्झौता अनुसार हरेक वर्ष केल्मीले भलिबल संघलाई राष्ट्रिय तथा उमेर समूहका टोलीलाई आवश्यक पर्ने म्याच जर्सी सेट, अभ्यास जर्सी सेट, ट्राभलिङ टिसर्ट, ट्रयाकसुट, जुत्ता, झोला, क्याप, निप्याड, मोजा, ४ सय थान बल र १ सय थान नेट उपलब्ध गराउने कामारुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले जानकारी दिए ।
यसअघि केल्मीले अनौपचारिक रुपमा नेपाली राष्ट्रिय भलिबल टोलीलाई सघाउँदै आएपनि आगामी दिनमा भने औपचारिक रुपमै अघि बढ्ने हिसाबले केल्मीसँग नयाँ सम्भौता गरिएको संघका अध्यक्ष चन्दले बताए ।
केल्मीले तीन वर्षमा भलिबल संघलाई उपलब्ध गराउने सामाग्रीको मुल्य करिब १ करोड रुपैयाँ बराबर रहने बताइएको छ । नयाँ सम्झौतासँगै यसअघि राष्ट्रिय खेलाडीको लागि जर्सी लगायतको खेल सामाग्री व्यवस्थापनमा भोग्दै आउनु परेको टाउको दुखाई र झन्झटबाट अब भने संघले विश्राम पाएको भन्दै चन्दले केल्मीलाई धन्यवाद दिए ।

कामारुका निर्देशक न्यौपानेले भलिबल संघसँग औपचारिक रुपमा नयाँ सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यस्तै उनले केल्मी र नेपाल भलिबल संघबीचको यो सम्बन्ध आगामी २० वर्षसम्म लम्बिदै जानेमा आफू विश्वस्त रहेको र यसले भलिबललाई थप व्यवसायिक बनाउनेमा विश्वास व्यक्त गरे ।
‘राष्ट्रिय खेलका हरेक तहका राष्ट्रिय खेलाडीको पोशाकमा एकरुपता रहनुपर्छ भन्ने मान्यताका साथ हामीले प्रायोजन सम्झौता गरका थियौं,’ प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘हामी पछिल्लो तीन वर्षको सहकार्यबाट सन्तुष्ट छौं । संघ पनि हाम्रो सहकार्यबाट सन्तुष्ट पाएपछि सम्झौता नविकरण गरेका हौं । देशको राष्ट्रिय खेल प्रति हाम्रो पनि दायित्व हुन्छ त्यसैलाई निर्वाह गर्ने क्रममा यो सम्झौताले निरन्तरता पाएको हो ।’
पछिल्लो तीन वर्ष केल्मीको पोशाक भलिबल खेलाडी, प्रशिक्षक, व्यवस्थापक आयोजकमा लोकप्रिय रहँदै आएको छ । केल्मी संघको किट्स पार्टरनको रुपमा रहनेछ । देशभर विभिन्न जिल्लामा १५ बढी आउटलेट रहेको केल्मी नेपाली खेलकुदमा स्थापित ब्रान्ड बनिसकेकाे छ ।
अहिले राष्ट्रिय फुटबल टोली, गल्फको राष्ट्रिय टोली, तीन विभागिय टोली (सेना, प्रहरी र शसस्त्र) लगायत अन्य विभिन्न क्लबको केल्मी अफिसियल किट्स रहेको छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]