default_image

2 years ago

April 9, 2024

भारतीय सुधिरलाई बुद्धिचाल उपाधि, रुपेश दोस्रो

582 views

0 Bookmark

बुटवल( हाम्रो खेलकुद)- भारतीय सुधिर कुमार सिन्हाले कर्णेल उजिर सिंह थापाको स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

बुटवल उपमहानगरपालिका बेलबास -१३ मा मंगलबार सम्पन्न क्लासिकल चेस खेलमा ८ अंक जोड्दै भारतीय १९६८ रेटेड सुधिर पहिलो भएका हुन् । अपराजित रहेका उनले ट्रफि सहित २ लाख रुपैयाँ प्राप्त गरे।

अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्ने कर्णेल उजिर सिंह थापाको स्मृतिमा भएको पाँच दिने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आज सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका बेलबास -१३ मा सम्पन्न क्लासिकल चेस प्रतियोगिताको अन्तिम समय सम्म शीर्षस्थानमा रहेका रुपेश जैसवाल दोश्रो स्थान प्रतियोगिताको अन्त्य गरेका छन् ।

अपराजित रहेका रुपेशले ८ अंक जोडेका थिए । रुपेशले १ लाख १० हजार रुपैयाँ प्राप्त गरे। डाइरेक्ट इन्काउण्टर , प्रोग्रेसिभका आधारमा खेलाइएको प्रतिस्पर्धामा रुपेशले नेपाली खेलाडीहरुको नतिजावाट प्रभावित हुनु परेको थियो। सुधारसँग दोश्रो बोर्डमा खेलिरहेका कृष्णथापाले बराबरी खेले मात्र पनि रुपेशले उपाधि जित्ने पक्का थियो।

उक्त खेलमा कृष्णथापाले कालो गोटीबाट सिसिलियन डिफेन्स क्लोज भारियसनवाट सुधिरलाई जवाफ दिएका थिए। दशौं चालमा अनुभवी कृष्णको पाउन आइसोलेट हुन पुगे। २९ औं चालमा दुई पाउन डाउन भए पनि एण्टी बिसपका कारण खेल अनिवार्य बराबरमा देखिन्थ्यो। तर ३३ औं चालमा आएर कृष्णले जानी अञ्जानी आर सि सेभेन चाल्न पुगे। जसको तुरुन्त फाइदा लिदै सुधिरले बिसप डि फाइभ चाल्दै रुक एक्सचेञ्ज लिन सफल भए र कृष्णमाथि जित दर्ता गरे।

तेस्रो बोर्ड सजिन महर्जन र सुरज महर्जनबीच चलिरहेको थियो। सजिनले जिते रुपेशको पहिलो हुने आशा थियो। सेतो गोटिबाट इफो डि सिक्स, डिफो नाइट एफ सिक्स, नाइट सि सिक्स सिसिक्स खेल प्रारम्भ भएको थियो। सजिनले २१ औं चालमा प्रोटेक्सनमा रहेको इफो पाउन इफाइभमा सित्तै बलिदान दिए र बराबरी नै देखिने खेलको २३ औं चालमा परित्याग गरे। उनी जितेको भए तेश्रो हुने थिए। तर भाग्यमानी सुरज महर्जन एकल ७.५ अंक जोडेर तेश्रो बन्दै ६० हजार रुपैयाँ प्राप्त गर्न सफल भए ।

प्रतियोगितामा नेपालका तीर्थ बिकले चौथो भए‌ र उनले ४० हजार रुपैयाँ पाए । पाँचौं भएका भारतका रिशव निशादले ३० हजार रुपैयाँ प्राप्त गरे। छैटौं देखि दशौं स्थान सम्मका राघव श्रीवास्तव , कृष्णथापा, सजिन महर्जन, प्रखर त्रिपाठी र विपुल शुभमषी प्रत्येकले समान २० हजार रुपैयाँ प्राप्त गरे।

११ औं देखि १५ औं सम्मका वृष्टि मुखर्जी, मिथिलेष श्रीवास्तव, आशिष् फुयाल, विनायक, पुरुषोत्तम चौलागाईंले समान १५ हजार रुपैयाँ गरे । १६औं देखि २०औं स्थानमा एमडि जमाल उद्दिन, आशुतोष, दिलिप त्रिपाठी, रोशन कुमार र संजय काफ्ले ले समान १३ हजार रुपैयाँ प्राप्त गरे।

बुटवल उप महानगरपालिकाका मेयरले खिलराज पाण्डेले ७१ जना खेलाडीहरुलाई १० लाख १ हजार रुपैयाँ पुरस्कार वितरण गरे ।

मेयर पाण्डेले कर्णेल उजिर सिंहको नाममा हरेक वर्ष प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रम संयोजक माधवप्रसाद प्रधानले अन्तर्राष्ट्रिय आर्विटर सहित सिनियर राष्ट्रिय आर्विटरहरुलाई सम्मान गरेका छन्।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.