2 years ago
April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार सदभाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ-आफ्नो उमेर समूहको शीर्षस्थानमा रहेन सफल भएका छन्।
नेपाल गल्फ संघको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा सुरु भएको च्याम्पियनसिप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सदभाव ५-अन्डर ६३ को उत्कृष्ट स्कोर सहित शीषस्थानमा रहेका छन्। उनले संसार विकेमाथि १३ स्ट्रोकको फराकिलो अग्रता बनाएका छन्।
सदभावले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। उनले पहिलो, दोस्रो, चौथो र नवौ होलमा एक-एक सट बचाए। तर ५-पारको तेस्रो होलमा डबल बोगी खेपे। यसपछि ब्याक नाइनमा दशौंदेखि १३औं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे। तर १८औं होलमा एक सट खेर फालेका उनले ब्याक नाइन ३-अन्डर ३१ मा पूरा गरे।
दोस्रो स्थानमा रहेका संसारले ८-ओभर ७६ मा पहिलो दिनको खेल सकाउने क्रममा उनले फ्रन्ट नाइन ३-ओभर ३७ र ब्याक नाइन ५-ओभर ३९ मा सकाए। १०-ओभर ७८ को स्कोरमा स्वप्निल भट्टराई तेस्रो स्थानमा रहेका छन्।
पुरूषकै १२ देखि १६ वर्ष उमेर समुहमा ईदान्त सिंह साउद १६-ओभर ८४ सहित सिद्धान्त सापकोटालाई २ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका हुन। उनले फ्रन्ट नाइन ७-ओभर ४१ र ब्याक नाइन ९-ओभर ४३ मा पूरा गरे। १८-ओभर ८६ को स्कोरमा सिद्धान्त दोस्रो स्थानमा छन्।
यसैगरी सोहम अग्रवाल र दीपक बहादुर कामी २१-ओभर ८९ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन्।
महिला खुल्लातर्फ अवानी राई २०-ओभर ८८ सहित शीर्षस्थानमा रहेकी छिन्। उनले आइन्स्टिना टण्डनलाई ५ स्ट्रोकले पछि पारिन्। आइसटिनाले २५-ओभर ९३ स्कोर गरिन्।
५४ होलको ३ दिने प्रतियोगितामा पुरूषतर्फ २७ र ४ महिलागरी कुल ३१ खेलाडीको सहभागिता रहेको छ। ३ विधाका विजेताले फाल्डो सिरिज एसिया फाइनल खेल्न पाउनेछन्।
प्रतियोगिता सकिएपछि तीन विधाको विजेता खेलाडीको स्कोर संघले फाल्डो फाउन्डेसनलाई पठाउने र त्यसपछि स्पेन वा भियतनाममा नेपालका खेलाडीले देशको प्रतिनिधित्व गर्ने संघले जनाएको छ।
प्रतियोगितामा काठमाडौं, पोखरा, धरान र चितवनका खेलाडीको सहभागिता छ। सन् २०१२ देखि रूपमा सञ्चालन भएको प्रतियोगिता कोभिडका कारण केही वर्ष रोकिएको थियो। यो वर्ष पुनः सुरु भएको प्रतियोगिताका लागि नेपाल गल्फ संघले फाल्डो सिरिजसँग तीन वर्षको सम्झौता गरेको बताइएको छ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]