default_image

2 years ago

April 10, 2024

पलेशाको तयारीका लागि २ लाख बढी हस्तान्तरण

826 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पेरिस पारालिम्पिक गेम्सको तयारीका लागि पलेशा गोबद्र्धन अर्को साता स्वदेश फर्कने भएकी छिन् ।

अध्ययनको सिलसिलामा चीनमा रहेकी पलेशा आइतबार स्वदेश आइपुग्ने उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । सन् २०२४ अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुने पारालिम्पिकका लागि पलेशाले छनोट चरण पार गरिसकेकी छिन् ।

पलेशाको तयारीका लागि नेसनल पारालिम्कि कमिटी (एनपिसी) ले नेपाल तेक्वान्दो संघलाई बुधबार २ लाख १५ हजार रुपैयाँ प्रदान गरेको छ । एनपिएसीकी अध्यक्ष राधा घलेले तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दलाई चेक हस्तान्तरण गरेकी छिन् । घलेले पलेशाको प्रशिक्षणका लागि रकम उपलब्ध गराएको जानकारी दिइन् ।

चीनको तायानमा चैत २ देखि ४ गते सम्म भएको पारा तेक्वान्दोको एसियाली पारालिम्पिक छनोटमा स्वर्ण पदक जितेकी थिइन् । सोेही जितले उनी पेरिस पारालिम्पिकका लागि छनोट हुन सफल भएकी हुन् । पारालिम्पिकमा छनोट हुने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

यसअघि तेक्वान्दोकी संगिना वैद्यले २००४ को एथेन्स ओलम्पिक र २००८ को बेजिङ ओलम्पिकका लागि तेक्वान्दोका दीपक विष्ट छनोट हुन सफल भएका थिए ।

पलेशाले टोकियो पारालिम्पिकमा पनि भाग लिएकी थिइन् । २०७८ भदौं ८ देखि २० गते सम्म भएको पारालिम्पिकमा पलेशाले अमेरिका र सर्वियाकी खेलाडी हराएकी थिइन्। पारालिम्पिकमा दुई फाइट जित्ने पनि पलेशा एक्लो खेलाडी हुन् ।

पलेशा सन् २०२२ मा एसियन युथ पारा गेम्समा स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै यसै चीनमा यसै वर्ष कात्तिममा भएको चौथो एसियन पारा गेम्समा पलेशाले कास्य पदक जितेकी थिइन् । एसियन पारा गेम्समा पदक जित्ने पनि उनी पहिलो खेलाडी हुन् ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.