default_image

1 year ago

August 24, 2024

भट्टलाई राखेपको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी

6700 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जगदिशप्रसाद भट्टलाई भलिबलको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिइएको छ।

काभाका विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीलाई‌ पुरस्कृत गर्न शनिवार आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए। नयाँ जिम्मेवारीको पत्र भने आइतवार दिइने उनले बताए।

भट्ट झण्डै ३ दशकदेखि राखेपमा‌ कार्यरत छन् । २०५३ मा। राखेप प्रवेश गरेका उनी २०६१ मा सहायक प्रशिक्षकमा स्थायी भएका थिए। भट्टले राखेप र नेपाल भलिबल संघसँग भलिबल विकासका लागि आफूले पुलको भूमिका निर्वाह गर्न कोशिस गने बताएका छन् ।

उनले भने,’ अहिले भलिबल लोकप्रिय खेल बनेको छ । यसलाई थप लोकप्रिय, व्यवसायिक र युवा खेलाडी उत्पादनमा मेरो प्रयास हुनेछ।’

प्रज्वलबहादुर सिंहको अवकाशपछि राखेपको मुख्य भलिबल प्रशिक्षकको पद रिक्त थियो। कन्चनपुरको भिमदत्त नगरपालिका १५ का पूर्व राष्ट्रिय खेलाडी समेत रहेका भट्ट नेपालका सफल भलिबल प्रशिक्षक हुन् ।

काभा सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपाली महिला टोलीलाई दुई पटक च्याम्पियन बनाएका भट्टको नेतृत्वमा महिला टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक रजत पदक जिताएका थिए ।

उनको प्रशिक्षणमा महिला टोलीले गत महिना काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक जितेको थियो। त्यसकै लिगमा नेपाली‌ टोलीले भलिबल इतिहासमा नै पहिलो पटक भारतलाई हराएको थियो।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.