default_image

1 year ago

September 4, 2024

पलेशालाई कर कट्टा नगरी ६५ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

731 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलिम्पिक्स नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले पुरस्कार राशीको कर कट्टा नगर्ने घोषणा गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नकटाइ ६५ लाख रुपैयाँ नै दिने स्पष्ट गरेका हुन्।

पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के–४४ क्याटाकोरी अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको सुनाए ।

‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलिम्पिक्समा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौं। पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ,’ प्रधानमन्त्रीओलीले भने, ‘यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुुराना कीतिमानहरु तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नुु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।’

सो अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक राजकुमार श्रेष्ठ, सहभागी खेलाडी भरत सिंह महतालाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरे ।

त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पलेशासहितको टोलीलाई सम्मान गरेका थिए ।
शीतल निवासमा बुधवार आयोजित कार्यक्रमम पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पलेशाका प्रशिक्षक लामालाई बधाई दिइएको थियो ।

बुधवार बिहान स्वदेश आइपुगेकी पलेशासहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) को पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै नगरपरिक्रमा गराइएको थियो। त्रिपुरेश्वरस्थित राखेप परिसर पुगेर र्याली टुंगिएपछि पलेशा र प्रशिक्षक लामालाई बधाई दिने कार्यक्रमको आयोजना गरिएको थियो।

आजै काठमाडौं महानगरपालिकाले पलेशालाई ५ लाख र प्रशिक्षक लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो।

गत वर्ष पारा एसियाली खेलकुदमा कास्य जितेकी पलेशा प्यारालिम्पिक्समा कास्य पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.