1 year ago
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ।
आइतवार आयोजित कार्यक्रममा तेक्वान्दो संघले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामालाई र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो।
पलेशालाई १० लाख, लामालाई ३ लाख र भरतलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो। नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले पलेशाले २५ हजार र भरतलाई १० हजार रुपैयाँ प्रदान गरेका थिए।
तेक्वान्दो संघलेले पारा तेक्वान्दोको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोषाध्यक्ष एंवम् संघको पारा कमिटीको संयोजक कसिम मिया धोबीलाई सम्मान गरिएको थियो। तेक्वान्दो संघले पलेशाका आमाबाबुलाई पनि सम्मान गरेको थियो।
पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के–४४ क्याटाकोरी अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कास्य जितेकी थिइन् । पलेशा ओलम्पिक / पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]