default_image

1 year ago

September 19, 2024

प्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानित

509 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रयास मञ्च नेपालले खेलकुद क्षेत्रबाट प्राप्त गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीवार सम्मान गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । पूर्व धावक गीतकार लामा गत असारमा बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि ५ हजार मिटर दौडका स्वर्ण विजेता पनि हुन् ।

दक्षिण एसियाली खेलकुद (साग तत्कालिन‌ साफ) का कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, प्रहरी संगठनबीच हुने अन्तर्राष्ट्रिय हाफ म्याराथन र १० हजार मिटर दौडका स्वर्ण विजेता सिंगपुर प्रहरीका निवृत निरीक्षक निमेश गुरुङ, बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि १० हजार मिटर दौडका स्वर्ण विजेता पुष्पलाल श्रेष्ठ, बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ५० वर्षमाथि ५ हजार र १० हजार मिटर दौडका स्वर्ण विजेता धर्म महर्जनलाई सम्मान गरिएको थियो।

त्यस्तै अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री च्याम्पियनसिपकी स्वर्ण विजेता इन्द्रकला नेम्वाङ (निक्की) र विश्वका चर्चित लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथनमा सहभागिता जनाएका शम्भुप्रसाद दाहाल सम्मानित भए ।

सम्मानित हुने अन्यमा एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुशमशेर राणा, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, पूर्व खेलाडी एवं प्रशिक्षक एथलेटिक्स ट्रेनिङ सेन्टर क्लब, स्वयम्भूका अध्यक्ष रमेश सुनार, धावक त्रिरत्न मानन्धर, इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला र पूर्व धाविका रोशनी शाह रहेका छन् ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । शिक्षासंगै आफ्नो विद्यालयमार्फत खेलकुद प्रतियोगिता आयोजना गरेर विभिन्न खेलको राष्ट्रिय खेलाडी उत्पादान गर्दै खेलकुदको विकास र विस्तारमा अतुल्नीय योगदान पु¥याएवापत ज्ञानोदय बालवाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालाई ‘महान नारी रत्न सम्मान– २०८१’ बाट सम्मान गरिएको थियो ।

उनीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बालवाटिका माविकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालगायतले एक कार्यक्रमबीच कदर पत्रसहित सम्मान गरे ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.