1 year ago
September 22, 2024
सरिता श्रेष्ठ, काठमाडौं
करातेकी एरिका गुरूङ नेपाली खेलकुदकी सफल खेलाडी। छोटो समयमा एरिकाले प्राप्त गरेको सफलता र पदक लोभलाग्दो छ।
उनले गत वर्ष १९ औं एसियाली खेलकुद (एसियाड) मा ऐतिहासिक रजत जित्दै देशलाई गर्विलो क्षण दिइन्। उनी निर्विवाद नेपाली करातेकी सर्वाधिक सफल खेलाडी हुन्।
२० वर्षको उमेरमा उनले अन्तराष्ट्रिय एरिनामा गरेको प्रदर्शन निकै दमदार रहेको छ। जसको कारण मात्र एक वर्षमा उनले खेलेको सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विहिन हुन परेको छैन।
नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरू गरेकी एरिका पहिलो पटक १९औं एसियाडको लागि राष्ट्रिय टोलीमा छनोट भइन्। यो अवसरलाई उनले भरपुर सदुपयोग गरिन् र सफलतामा परिणत गरिन्।

चीनमा एसियाड जानु अगाडि नेपालले इन्डोनेशियामा दशौ विश्व कराते च्याम्पियनसीपमा स्वर्ण जितिन्।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्दै उनले अन्तराष्ट्रिय यात्राको सुरूवात सानदार गरिन् ।
सन २०२३ को सेप्टेम्बरमा उनले पहिलो अन्तराष्ट्रिय पदक जितिन्। लगतै १९औं एसियाड खेलकुदमा २५ वर्षको व्यक्तिगत रजत पदकको खडेरीलाई तोडिन्।

उनले पहिलो पटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजतको ऐतिहासिक सफलता दिलाईन। यो सँगै उनी नेपाली करातेलाई सर्वाधिक ठुलो पदक दिलाउने खेलाडी बनिन्। उनले १९ वर्षको उमेरमा यो सफलता प्राप्त गरिन्।
ऐतिहासिक रजत पदक जितेसँगै एरिकाको चर्चा चुलियो। चर्चासँगै उनले आफ्नो प्रदर्शनलाई झनै सशक्त बनाउँदै लगिन् । जसका कारण उनले युएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत पदक हात पारिन्। यु-२० तर्फ स्वर्ण र ओपनतर्फ रजत पदक जितिन्।
उनले पदक सङ्ख्या ४ पुर्याइन् । उनको पाँचौ अन्तराष्ट्रिय प्रतियोगिता बन्यो, आठौ दक्षिण एसियाली कराते च्याम्पियनसिप। भुटानको थिम्पुमा उनले स्वर्ण पदक जितिन्। यो उनको तेस्रो स्वर्ण र पाँचौ अन्तराष्ट्रिय पदक थियो।

४ अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव र एक्सपोजरपछि
२०औं सिनियर एकेएफ च्याम्पियनसिपमा फेरि गर्विलो प्रदर्शन गरिन्।
नेपालले दशकौंदेखि यो च्याम्पियनसिपमा सहभागिता जनाउँदै आएपनि नेपालले पदक जित्न सकेको थिएन। एरिकाले लगातार तीन बाउट जितेर सेमिफाइनलमा स्थान बनाउँदै सिनियर एकेएफ च्याम्पियनसिपमा नेपालको लागि पहिलो पदक पक्का गरिन्।

प्रभावशाली प्रदर्शनमा फाइनलमा पुगेकी एरिकालाई एसियन स्तरमा नेपाली करातेलाई स्वर्ण दिलाउने अवसर थियो। तर उनले स्वर्ण जित्ने मौका गुमाइन्। तर उनले प्राप्त गरेको रजत पनि ऐतिहासिक पदक हो। ५ अन्तराष्ट्रिय प्रतियोगितामा यो उनको छैटौं पदक हो।
२०२२ को सेप्टेम्बर देखि २०२४ को सेप्टेम्बर सम्म उनले एक बर्षमा ५ अन्तराष्ट्रिय प्रतियोगितामा ६ स्वर्ण जित्दाका पर्दा पछाडिका नायक हुन, प्रशिक्षक कुशल श्रेष्ठ।
पहिलो अन्तराष्ट्रिय देखि आज प्राप्त गरेको ऐतिहासिक रजत सम्म श्रेष्ठको भुमिका पनि उत्तिकै महत्वपूर्ण छ। श्रेष्ठ उनको प्रदर्शनबाट खुशी छन् । एरिकामा भरपुर क्षमता रहेको बताउँछन्। उनले यो भन्दा ठुलो पदक दिलाउनेमा उनी विश्वस्त छन्। अब अक्टोबरमा हुने वल्ड च्याम्पियनशिपमा अझ सशक्त प्रदर्शन गर्ने कुशलले बताए।

छोटो समयमा यति धेरै सफलता दिलाउने एरिकामा भरपुर क्षमता छ भन्नेमा कसैको दुईमत छैन । उनले जितेको पदकले एरिकाले एक वर्षमा धेरै पटक आफुलाई प्रमाणित गरिसकिन्। त्यसैले बढी भन्दा बढी लगानी र स्तरीय प्रशिक्षणको जरूरी छ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]