1 year ago
December 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विशेष साधारणसभाले एनओसी नेतृत्वको कार्यकाल सम्बन्धि प्रावधानलाई संशोधन गरेको छ । दुई तिहाई सदस्यले अध्यक्ष र महासचिवको कार्यकाल अवधि थपसहित अन्य बुँदा पनि संशोधन गरेको छ ।
एनओसीले अध्यक्ष र महासचिवले अब ४ पटकसम्म उम्मेदवार बन्न पाउने गरी विधान संशोधन गरिएको हो । लगातार अथवा फरक समयमा ४ पटक अध्यक्ष वा महासचिव बन्न मिल्ने विधान अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को चार्टर अनुसार संशोधन गरिएको अध्यक्ष जीवन राम श्रेष्ठले हाम्रो खेलकुद डटकमलाई बताए ।
एनओसीका वर्तमान अध्यक्ष श्रेष्ठको दोस्रो कार्यकाल पूरा भइसकेको छ । यो विधान संशोधनसँगै उनको लागि तेस्रो कार्यकालको लागि उम्मेदवारीको ढोका खुलेको छ ।
२७ सदस्यीय साधारण सभा सदस्यमध्ये विशेष साधारण सभामा २६ सदस्यको उपस्थिति थियो । जहाँ २० सदस्यले विधान संशोधनको पक्षमा मत दिएको श्रेष्ठले बताए । एक सदस्यले तटस्थ र एक सदस्यले विपक्षमा मतदान गर्दा ४ सदस्यले प्रक्रियामा सहभागिता जनाएनन् ।
ट्रायथलनका निलेन्द्रराज श्रेष्ठ, जिम्न्यास्टिकका ध्रुवबहादुर प्रधान, फेन्सिङ सुनिल श्रेष्ठ, हक्कीका उमेशलाल श्रेष्ठले मतदानमा सहभागी भएनन् । भलिबलका मनोरन्जन रमण शर्मा तटस्थ बस्दा फुटबलका दीर्घबहादुर केसी (कुमार) ले विपक्षमा मतदान गरे ।
यस्तै एनओसी कार्यसमितिको उम्मेदवारीको लागि उमेर सम्बन्धि प्रावधान पनि संशोधन भएको छ । पहिले ७० वर्षसम्मको उमेर हद रहेको बुँदा संशोधन गरेर ७५ वर्ष पुर्याएको छ ।
सदस्यताको हकमा भने राष्ट्रिय संघ आबद्धता र सदस्यता कार्यविधि २०८१ पनि पारित गरिएको अध्यक्ष श्रेष्ठले बताए । जसमा एसोसिएट मेम्बरको पनि व्यवस्था रहेको छ । जसको भोटिङ अधिकार हुने छैन । फुल मेम्बरको लागि भने निश्चित प्रावधान पूरा गर्नुपर्नेछ ।
हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उच्च अदालत पाटनको अन्तरिम आदेशलाई आधार मानेर साधारण सभा नगर्न पत्राचार गरेको थियो ।
यो विषयमा अध्यक्ष श्रेष्ठले साधारण सभा आज बिहान ८ बजे सुरू भएर १० बजे सकिएको र राखेपको पत्र १० बजेमात्र प्राप्त गरेको पनि जानकारी दिए । साथै उनले उच्च अदालत पाटनको अन्तरिम आदेश अहिलेसम्म औपचारिक रूपमा प्राप्त नभएको पनि जिकिर गरे ।
यसअघि एनओसीले विधान संशोधनको लागि आइओसीमा अनुमतिको लागि पत्र पठाएको थियो । आईओसीबाट अनुमति प्राप्त भएपछि विशेष साधारण सभाले विधान संशोधन गरेको एनओसीको भनाई छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]