12 months ago
December 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण पुस २० गते आयोजना हुने भएको छ।
यस पटकको अर्वाड तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिरमा हुने आयोजक नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
मनमैजुमा भएको पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका कृष्णहरि महर्जन र एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठबीच अवार्ड आयोजनाका लागि सम्झौता भएको हो।
गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा समान १ जना उत्कृष्ट खेलाडीलाई अर्वाड प्रदान गरिने बताइएको छ।
२९ खेल मध्येका उत्कृष्ट खेलाडी अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट खेलाडी घोषित गर्दै समान १ लाख रुपैयाँसहिय सम्मान पत्र प्रदान गरिने एनएनआइपिएका महासचिव शिव सुन्दर गोथेले जानकारी दिए।
त्यस्तै उत्कृष्टहरुमध्ये एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मानसहित ५० हजार रुपैयाँ प्रदान गरिने छ।
सोही अवार्डमा एकजना पाका खेल व्यक्तित्वलाई गजराज आर्दश खेल व्यक्तित्वलाई र एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट समान ३५ हजार रुपैयाँबाट सम्मान गर्नेछ।
त्यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी घोषणा गर्दै अवार्ड र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

२९ खेलमा फुटबल, साइक्लिङ, क्रिकेट,
एथलेटिक्स, फेन्सिङ, रग्बी, ह्याण्डबल, पौडी,लन टेनिस,गल्फ, उसु, कुस्ती,भारोत्तोलन, बास्केटबल, सुटिङ, कबड्डी, ट्राइथोलन, टेबल टेनिस, बक्सिङ, इ-स्पोर्टस, स्क्वास,जुडो, कराते,डान्स स्पोर्टस, ब्याडमिन्टन,भलिबल, तेक्वान्दो, आर्चरी, क्यानोइङ रहेका छन् ।
तारकेश्वरका मेयर महर्जनले सहकार्यका लागि एनएनआइपिएलाई धन्यवाद दिए । राष्ट्रले गर्नु पर्ने सम्मानलाई एनएनआइपिए ले आयोजना गरेकोले खेलाडीहरुलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे।
एनएनआइपिएका अध्यक्ष श्रेष्ठले अवार्डको स्थानिय व्यवस्थापन नगरपालिका र बाँकी एनएनआइपिएको रहने बताए । एनएनआइपिएका मानार्थ अध्यक्ष दीपक विष्टले एनएनआइपिए अवार्ड आयोजनाका लागि तारकेश्वर नगरपालिकालाई धन्यवाद दिए।
अवार्ड यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुरका विभिन्न स्थानमा आयोजना भएको थियो।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]