12 months ago
December 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को शनिवार हुने निर्वाचनको मनोनयन दर्ता अनलाईन मार्फत सुरु भएको छ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) सँगको समन्वय र प्राप्त निर्देशनका आधारमा अनलाइन मार्फत मनोनयन दर्ता गरेको हाम्रो खेलकुद डटकमलाई बताए।
मनोनयन दर्ता आज राती ११:३० बजेसम्म खुल्ला गरिएको छ। भोलि बिहान ९:३० बजे निर्वाचन समितिले मनोनयन दर्ता गरेको पदाधिकारीहरूको नाम सार्वजनिक गर्ने बताइएको छ । त्यसपछि दाबी विरोधको लागि समय दिएपछि मनोनयनको अन्तिम नामावली सार्वजनिक हुने श्रेष्ठले जानकारी दिए।
३ सदस्यीय निर्वाचन समितिमा अधिवक्ताहरू वसन्त बस्नेत, इन्दु कार्की र सञ्जीव आचार्य रहेको एनओसीले जनाएको छ।
आज बिहान ७ बजेदेखि नै प्रहरीले सातदोबाटो स्थित एनओसीमा प्रहरीले प्रवेशमा रोक लगाएपछि १० बजे देखि हुने भनिएको मनोनयन दर्ता प्रभावित बनेको थियो। अदालतले जारी गरेको स्टे अर्डर नमानेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालय मार्फत आज हुने भनिएको मनोनयन गर्न रोक लगाएको थियो।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनओसीले विशेष साधारण सभा रोक्न अदालतको स्टे अर्डर समेत नमानेको कारण यो कदम चालेको बताए।
एनओसी अध्यक्ष श्रेष्ठले अदालतले स्टे अर्डर विशेष साधारण सभा पछि मात्र प्राप्त भएको बताए। उनले स्टे अर्डरमा विशेष साधारण सभा सम्बन्धि केहि उल्लेख नगरेको र पत्रमा सदस्यता वितरणको विषयमा मात्र उल्लेख रहेको पनि जानकारी गराए।
यसअघि एनओसीको विशेष साधारणसभाले एनओसी नेतृत्वको कार्यकाल सम्बन्धि प्रावधानलाई संशोधन गरेको थियो।
दुई तिहाई सदस्यले अध्यक्ष र महासचिवले ४ पटकसम्म उम्मेदवार बन्न पाउने गरी विधान संशोधन गरेको थियो।लगातार अथवा फरक समयमा ४ पटक अध्यक्ष वा महासचिव बन्न मिल्ने विधान आइओसीको चार्टर अनुसार संशोधन गरिएको एनओसीको दाबी छ ।
एनओसीका अध्यक्ष श्रेष्ठको दोस्रो कार्यकाल पूरा भइसकेको छ। यो विधान संशोधनसँगै उनको लागि अर्को कार्यकालको लागि उम्मेदवार बन्न बाटो खुलेको थियो।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]