default_image

11 months ago

December 31, 2024

थापाथली चेस पार्कलाई राष्ट्रिय टिम चेस उपाधि 

493 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- थापाथली चेस पार्कले सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ।

ललितपुर स्पोर्ट्स क्लबमाथि मंगलवार कठिन जित निकाल्दै थापाथली चेसले उपाधि जितेको हो।
थापाथलीले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २-२ अंक बराबर गर्दै र्‍यापिड चरण सम्म धकेल्न सफल भएको थियो। 

ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा क्लासिकल खेल रोमाञ्चक मोड लिदै बराबरीमा टुंगिएको थियो। पहिलो बोर्डमा थापाथली चेसका एफएम रिजेन्द्र राजभण्डारी ललितपुर स्पोर्ट्सका सिएम सजिन महर्जनसँग हार व्यहोरे ।‌ चौथो बोर्डको स्पर्धामा नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशी बिनिता कपाली सित पराजित भइन् ।

टिम गेममा थापाथली चेसले २ अंक गुमाउँदाको दबाब झेल्दै दोश्रो बोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपाने माथि जित निकाल्दै १ अंक जोडे।  तेस्रो बोर्डमा आशिष फुयालले रिसोन थापालाई टाइम आउट गराउँदै टिमको स्कोर २-२ बनाए। 

लगत्तै प्रतिस्पर्धा र्‍यापिड चरणका प्रवेश भएको थियो। जहाँ रिजेन्द्र पुन: सजिन सँग पराजित भए। थापाथली चेसका अन्य खेलाडी सुशील, आशिष र सिन्दिराले आआफ्नो खेल जितेर ३ – १ अंकको स्कोर बनाउँदै टोलीलाई उपाधि दिलाए ।

थापाथलीले प्रतियोगितामा ह्याट्रिक गर्यो । उपाधिसहित थापाथलीले २ लाख रुपैयाँ  प्राप्त गर्यो । दोस्रो भएको आयोजक ललितपुर स्पोर्ट्सले १ लाख २० हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताको उच्च वरियता ललितपुर महानगरपालिका टोली तेस्रो हुँदै ६० हजार र  चौथो भएको दोलखा चेस होमले ४० हजार रुपैयाँ प्राप्त गर्यो। 

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंक लाल घिसिङले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । 

घिसिङले खेलकुद सरकारको मातहतमा रहनु पर्ने जिकिर गर्दै राज्यको न्यायालयले दिने निर्देशन सबैले नि:शर्त पालना गर्नु पर्ने बताए । उनले भने,’ बौद्धिक खेल बुद्धिचालले अनुशासन सिकाउँछ। यसलाई सबैले समयमै अनुसरण गरे खेलकुद सहि ढंगवाट अगाडि बढ्ने वातावरण श्रृजना हुनेछ। 

आयोजक नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेललाई आगामी राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश गर्न आग्रह गर्दै बुद्धिचाल सबै भन्दा बढि गतिविधि गर्ने संघ भएको दाबी गरे।

महासंघका प्रवक्ता राजु ताम्राकारले सञ्चालन गरेको समारोहमा  प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, महासंघका उपाध्यक्ष धिरेन बोगटी, उप महासचिव मोनालिसा खम्बू लगायतको उपस्थिति थियो।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.