default_image

10 months ago

February 8, 2025

राखेप सदस्य सचिवमाथिको दुर्व्यवहारको भर्त्सना

1236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङमाथि शुक्रवार एक समूहबाट भएको दुर्व्यवहार र उहाँको कार्यकक्षमा गरिएको तोडफोडप्रति नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र नेपाल ओलम्पियन एसोसिएसन (एनओए) को गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्

‘जस्तो सुकै असहमतिलाई पनि मर्यादित ढंगले राख्ने अवसर हुँदाहुँदै खेल संघका नाममा गरिएको अशोभनीय र उदण्डताको एनएनआइपिए घोर भर्त्सना गर्दछ,’ शनिवार जारी विज्ञप्तिमा भनिएको छ ।

एनओएले विज्ञप्ति जारी गर्दै भनेको छ,’ खेलकुद र खेलाडीको अभिभावक संस्थाका कार्यकारी प्रमुखमाथि गरिएको यस्तो दुर्व्यवहार र तोडफोड जस्ता घटना कुनै हालतमा स्वीकार्य हुँदैन ।’

यो घटनाले समग्र खेलकुदकै बदनाम भएको उल्लेख गर्दै एनएनआइपिए  र एनओएले घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग समेत गरेका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघका प्रदाधिकारीसम्मिलित समूहले राखेप घिसिङमाथि दुर्व्यवहार गर्नुका साथै उनको कार्यकक्ष तोडफोड गरेको थियो । 

महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामा घटनास्थलमा उपस्थिति थिए । लामा गत महिना भएको एनओसीको कार्यसमितिको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए।

राखेपले बिहीवार पत्रकार सम्मेलन गर्दै उसु महासंघबाट लामाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको जनाएको थियो।

लामासहित सहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरुप कार्बाही प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको थियो ।

राखेपले उनीहरुलाई तीन दिनभित्र सफाई पेस गर्न  भनेको एक दिनपछि नै लामासहितका टोली सदस्यसचिवको कार्यकक्ष पुगेको थियो।

यसैबिच शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको  उसु महासंघको समूहले भने सो घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै निन्दा गरेको छ ।

कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रवार विज्ञप्ति जारी गर्दै तोडफोडमा सहभागी समूहलाई २०८० भदौ १३ गते उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको उल्लेख गरेको थियो। 

महासंघले सरकारी सम्पत्ति तोडफोड गर्नेहरुलाई कारबाही गर्न सरकार समक्ष माग गरेको छ । राखेपले उक्त घटनामा संलग्नविरुद्ध कालीमाटी प्रहरी वृत्तमा उजुरी दिइसकेको जनाएको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.