default_image

9 months ago

February 28, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते – पहिलो दिन पुलिसको दबदबा

974 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम‌ गरेको छ

४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो।

सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा त्रिभुवन आर्मी क्लबका विनय लिम्बुलाई हराए।

स्वर्ण जित्ने क्रममा सोनिमले ४५.३ स्कोर गरे। विनयले ४१.९ स्कोर मात्र गरे। गण्डकी प्रदेशका वसन्त परियार र एपिएफ क्लबका मनुष कार्कीले कास्य पदक हात पारे।

महिला एकल कातामा आर्मीकी सानुमाया थिङ्ग पहिलो भइन्। उनले आफ्नै बहिनी एलिना थिङ्गलाई हराउँदै स्वर्ण जितिन्। उनले ४१. ८ स्कोर जोडिन्।

बागमतीकी एलिनाले ४०.६ स्कोरमा दोस्रो स्थानमा चित बुझाइन्। सानुमायाले क्वाटरफाइनलमा तीन पटककी राष्ट्रिय च्याम्पियन एलिसा रासकोटीलाई हराएकी थिइन्।

कातामा पुलिसको वर्चस्व रहँदा पुरूष र महिला दुवै टिम कातामा स्वर्ण पदक प्राप्त गर्यो। पुरुष टिम कातामा सोनिम मानन्धर, फुर्तेन तामाङ र जगत सिंह धानुकले ४२. २ स्कोरका साथ स्वर्ण जिते। बागमतीका अमृत थोकर, राज कुमार श्रेष्ठ र प्रनिल मानन्धरले ४०.९ स्कोर बनाएर रजत हात पारे।

महिला टिम कातामा पुलिसका तपी थापा, मेगा लिम्बु र एलिसा रासकोटीले ४१.६ स्कोरमा स्वर्ण जिते। एपिएफका सोनाम शेर्पा, बन्दना तामाङ र सान्सु देशारले ३९.८ स्कोरमा रजत हात पारे।

कुमुतेतर्फ पुरुष ५५ केजी तौल समुहमा पुलिसका इलोन श्रेष्ठले स्वर्ण पदक जिते। उनले फाइनलमा एपिएफका यम बहादुर समाललाई ९-१ को सहज नतिजामा हराए। आज कुमुतेमा एक बाउट मात्र भएको थियो।

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको आयोजनमा आइतवारसम्म चल्ने प्रतियोगितामा महिला र पुरुषमा गरि कुल १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सात वटै प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडीको सहभागिता छ।

कुमुतेमा महिलातर्फ ४५, ५०,५५,६१,६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ।

यो प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने नेपाल कराते महासंघले बताइसकेको आयोजकले जनाएको छ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.