9 months ago
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ।
दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै निर्णय गरेको छ ।
बैठकले मूल आयोजक समितिको सचिवालय सुर्खेतमा यहि फागुन २५ स्थापना गर्ने, दसौं राष्ट्रिय खेलकुदको सह–आयोजकको रुपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्था भएकोले सो कार्य सम्पादनका लागि अनुरोध गर्ने निर्णय भएको छ।
त्यस्तै दसौं राष्ट्रिय खेलकुद सम्पन्न गर्नका लागि पूर्वाधार निर्माण एवं स्तरोन्नित कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद् अन्तर्गत खर्च नहुने पूँजीगत रकम मध्येबाट कर्णाली प्रदेशलाई बजेट रकम हस्तान्तरणका लागि नेपाल सरकार अर्थ मन्त्रालय मार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ।
दसौं राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापन सम्बन्धी (पूर्व तयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेश गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायतका विषयमा जानकारी गराएका थिए ।
खेलकुद मन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गरे ।

कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कँडेलले दसौं राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएकाले यसलाई सफल पार्न कर्णाली प्रदेश सरकारले सरोकारवालसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिका सभापति अम्बरबहादुर थापा, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका बोर्ड सदस्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, विभिन्न राष्ट्रिय खेल संघका, होटल एसोसिएसन नेपालका, उद्योग वाणिज्य महासंघका, विभागीय टोली, ओलम्पियन एसोसिएन अफ नेपाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
फागुन १५ गते बसेको राखेपको १ सय २१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]