default_image

9 months ago

March 16, 2025

एनओसीमा पुन: तालाबन्दी

416 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो ।

राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि पदाधिकारीहरू र कर्मचारीको लागि रोक लगाइएको छ ।

युवा तथा मन्त्रालयको निर्देशनमा एनओसीमा तालाबन्दी हुने नौलो विषय होइन । यसअघि एनओसी निर्वाचन हुने भने‌देखि प्रहरी हस्तक्षेप दमय समयमा हुँदै आएको छ ।

एनओसीको निर्वाचन अवैध हो भन्दै सो निर्वाचन स्वीकार्य नहुने अडानमा युवा तथा खेलकुद मन्त्रालय रहेको छ । उसले अदालतको अवहेलना गर्दै निर्वाचन गरेको भन्दै आएको छ ।

एनओसीले भने यसलाई स्वीकारेको छैन्। उनीहरूले अन्तराष्ट्रिय मान्यताको हवला दिंदै आएका छन्। जसले विवाद चर्कदो छ।

यसैबीच मन्त्रालयले एनओसी पदाधिकारीहरूलाई विदेश जान समेत रोक लगाएको छ। अध्यागमन विभागमा १५ जनाको नाम कालो सुचिमा रहेको छ ।

पछिल्लो समय एनओसी अध्यक्ष जीवन ताम श्रेष्ठलाई कुबेतबाट डिपोट गर्न समेत पत्राचार भएको थियो।‌ केहि घण्टा अध्यक्ष श्रेष्ठलाई विमानस्थलमा रोकिएको पनि थियो।
जसको विरोधमा केहि दिन अगाडि एनओसीले पत्रकार सम्मेलन गर्दै विरोध जनाएको थियो।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.