default_image

6 months ago

May 29, 2025

युवा तथा खेलकुदमा कीर्तिमानी बजेट

924 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सरकारले युवा तथा खेलकुदमा अहिलेसम्मकै उच्च बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले संसदमा आज बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ अर्ब ५८ करोडले बढी हो। चालु आर्थिक वर्षको लागि ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो।

यसअघि युवा तथा खेलकुदको लागि विनियोजन गरिएको उच्च बजेट आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ९९ करोडको थियो।

अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माण र खेलाडीको व्यावसायिकता विकासमा लगानी बढाउने बताए। उनले निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने पनि उल्लेख गरेका छन्।

कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको लागि ५४ करोड बजेट विनियोजन गरिएको छ। अघिल्लो आर्थिक वर्षमै हुने तय भएको दशौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट विनियोजन गरिएको थियो । तर दुई पटक मिति सर्दा समेत तोकिएको समयमा राष्ट्रिय खेलकुद आयोजना हुन सकेन ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ बजेट छुट्याइएको मन्त्री पौडेलले बताए। यसैगरी मुलपानी, फाप्ला, सिद्धार्थ र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको सबै खेल आयोजना गर्न सकिने आधुनिक रंगशाला निर्माण गरिनेछ। त्यस्तै, सोलुखुम्बु, मुस्ताङ लगायत हिमाली क्षेत्रमा हाइ अल्टिच्युड स्पोर्ट्स स्टेडियम बनाइने पनि बजेट भाषणमा उल्लेख गरिएको छ।

चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको छ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.