default_image

6 months ago

May 31, 2025

नेपाल एमेच्योर ओपन गल्फ अर्को साता

429 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा मंगलवार सुरु हुने भएको छ।

पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई-दुई खेलाडी चयन गर्नेछन् ।‌ ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने एनजिएले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

आयोजक राष्ट्र नेपालले २ टिम सहभागी गराउनेछ। नेपालको ‘ए’ टिममा नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा रहने निश्चित भैसकेको छ। नेपाल ‘बी’ टिमको टुंगो भने आइतवार लाग्ने बताइएको छ ।

व्यक्तिगत तर्फ नेपालबाट ३० देखि ३५ खेलाडीको सहभागिता रहनेछ । भारतबाट २ महिलासहित १० तथा श्रीलंकाबाट ४ खेलाडी आउनेछन्। त्यस्तै बंगलादेश तथा भुटानबाट समान २-खेलाडीको सहभागिता रहनेछ।

नेपाली खेलाडीमा कोशी र गण्डकी प्रदेशबाट समान ६ जना खेलाडी छनोट भएर दर्ता भएका छन्। व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ। सहभागि खेलाडी मध्य उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन्।

महिला स्पर्धामा नेपाल र भारतका खेलाडीको सहभागिता रहनेछ। यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्‍याङ्किङ (डब्लुएजिआर) द्वारा मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीले र्‍याङ्किङ अंक समेत प्राप्त गर्नेछन्।

विशेषगरी युवा खेलाडीलाई प्रोत्साहन र उनीहरूको विश्व वरियताको लागि यो प्रतियोगिता महत्वपूर्ण रहने एनजिएका अध्यक्ष टासी घलेले बताए। घलेले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रायोजक र समर्थकलाई आभार व्यक्त गरे।

‘हामीले प्रतियोगिताका लागि कर्पोरेट क्षेत्रबाट सहयोग प्राप्त गरेका छौं, जुन खेलको विकासका लागि सकारात्मक संकेत हो,’ उनले भने।

घलेले एनजिए अब युवा विकासमा केन्द्रित हुने योजनामा रहेको पनि बताए। ‘हामीले प्रदेश र जिल्ला गल्फ संघलाई प्रतियोगिताका लागि यु–१६ खेलाडी पनि पठाउन आग्रह गरेका छौं, किनभने यसपछि हामी उनीहरूको राष्ट्रिय वरियता तयार गर्ने योजना बनाइरहेका छौं,’ उनले थपे,’शीर्ष खेलाडीले त्यसपछि प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर प्राप्त गर्नेछन् ।’

घलेले अगाडि भने, ‘अब ११औं संस्करणमा प्रवेश गरेको नेपाल एमेच्योर ओपनले नेपाल र दक्षिण एसियामा युवा विकास प्रवर्द्धन र एमेच्योर गल्फको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलिरहेकै छ।’

तीन दिने ५४-होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी ५ राष्ट्रका खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने एनजिएका महासचिव दीपक आचार्यले जानकारी दिए।

प्रतियोगितामा ४५ पुरुष र १० महिला गल्फरको सहभागिता निश्चित भएको छ। आइतवार सम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकोले यो संख्या बढ्न सक्छ अनुमान एनजिएको छ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.