default_image

5 months ago

June 26, 2025

चितवनमा ओलम्पियन पुनर्मिलन यसै साता

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा  ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको समापनका अवसरमा चौथो ओलम्पियन पुनर्मिलन एवं सम्मान कार्यक्रम यसै साता हुने भएको छ।

चितवन सौराहाको पार्क सफारीमा कार्यक्रम हुने एसोसिएसनले जानकारी दिएको छ। सोही दिन बिहान ६ बजे हुने ओलम्पियनका साथमा खेलाडी,खेलकर्मी, नगरवासी र जनप्रतिनिधिको सहभागितामा वाकाथन हुनेछ ।

त्यस्तै सोही दिन बिहान १० बजे ओलम्पियनहरु स्थानीय विभिन्न बिधालयका विधार्थीहरु सहभागी स्कुल टु ओलम्पिक कार्यक्रममा सहभागी हुनेछन् ।

एसोसिएसनले प्रदेश सरकार, प्रदेश खेलकुद परिषद्, स्थानिय निकाय, बिधालयहरुसँको सहकार्यमा २०७८ बाट सुरु गरेको स्कुल टु ओलम्पिक कार्यक्रमको समापनमा शनिवार साँझ ओलम्पियन पुर्नमिलन र सम्मान कार्यक्रम गर्नेछ।

चौथो ओलम्पियन पुर्नमिलनमा सन् १९९२, १९९६ र २००० मा ओलम्पिकमा सहभागी हुनेलाई सम्मान गरिनुका साथै। त्यस्तै गत वर्षको पेरिस ओलम्पिकका सहभागीलाई सदस्यता प्रदान गरिने एसोसिएसनले जनाएको छ।

कर्णालीबाट सुरु भएको स्कुल टु सुदूरपश्चिम, लुम्बिनी,कोशी , गण्डकी र बागमती प्रदेशका विभिन्न २० ठाउँमा आयोजना भइसकेको बताइएको छ।

ओलम्पियन‌ पुनर्मिलनको पहिलो संस्करण २०७९ मा काठमाडौं, दोस्रो पोखरामा २०८० र तेस्रो विराटनगरमा २०८१ मा आयोजना भएको थियो। सन् १९६४ देखि नेपालले ओलम्पिकमा भाग लिन थालेको हो।

त्यसयता ओलम्पिकमा भाग लिएका ओलम्पियनहरुलाई वर्षमा एक पटक एकै ठाउँमा भेला गरि अनुभव आदानप्रदान गर्न पुनर्मिलन आयोजना गरिदै एसोसिएसनले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।
यसपटक एसोसिएसनको चुनावी अधिवेशन पनि हुनेछ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.