5 months ago
July 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले यसै वर्ष सेनेगलमा हुने युथ ओलम्पिक र अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडी सहभागी हुन नपाउने खतरा बढेको प्रति गम्भीर चासो व्यक्त गरेको छ।
एनएनआइपिएले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पछिल्लो विवादले फेरि एक पटक खेलाडीलाई मार पर्ने सम्भावनातर्फ गम्भीर ध्यानाकर्षण भएको छ।’
यहि अक्टोबरमा सेनेगलमा आयोजना हुने युथ ओलम्पिक र सन् २०२६ गा जापानमा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडी सहभागी हुन नपाउने खतरा पछिल्ला घटनाक्रमबाट बढेको एनएनआइपिएको बुझाई छ ।
युथ ओलम्पिक र एसियाली खेलकुदको सहभागी हुने प्रक्रिया अघि बढ्न नसक्नु नेपाली खेलकुदकै लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ नेपाली खेलकुदमा समयसमयमा देखिने संस्थागत र नेतृत्वगत विवादको प्रत्यक्ष असर खेलाडीमाथि पर्ने गरेको यथार्थलाई संघले पटक-पटक देखाउँदै आएको छ। अहिले उत्पन्न परिस्थितिले फेरि एक पटक खेलाडीको हक, अवसर र भविष्यमा प्रत्यक्ष असर पार्ने सम्भावना बढेको छ, जसप्रति संघ गहिरो चिन्ता व्यक्त गर्दछ।’
खेलाडी नै मर्कामा पर्दा खेलकुद नेतृत्व गरिरहेका संस्था र पदाधिकारीहरूको औचित्यमाधि नै गम्भीर प्रश्न उठ्ने अवस्था सिर्जना हुने औल्याउँदै एनएनआइपिएले अगाडि भनेको छ, ‘एनएनआइपिए कसको कमजोरीका कारण यस्तो अवस्था आयो भन्ने बहसमा जान चाहँदैन, तर खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता निश्चित गर्नु सबै पक्षको साझा दायित्व हो भन्नेमा दृढ रहन्छ।’
खेलकुद सबै पक्षलाई गम्भीर हुनु पनि आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ,’ यो सन्दर्भमा खेलाडी संघ सबै सरोकारवाला युवा तथा खेलकुद मन्त्रालय, राखेप, एनओसी र राष्ट्रिय संघहरुलाई आ आफ्नो जिम्मेवारी बोध गर्दै खेलाडीको सहभागिता निक्षित गर्ने वातावरण तत्काल निर्माण गर्न आग्रह गर्दछ।’
एनओसीको विशेष साधारण सभा र पछिल्लो निर्वाचनपछि राखेप र एनओसीबिच विवाद पुनः चर्किएको थियो। उच्च अदालत विशेष साधारण सभा रोक्नु भन्ने आदेश र निर्वाचन रोक्नु भन्ने दुवै आदेशलाई एनओसीले अटेर गरेपछि विवाद झन पेचिलो बनेको थियो। विवादकै बीच एनओसी पुस १३ गते अनलाइनमार्फत निर्वाचन गरेपछि राखेपले त्यसलाई अवैध ठहर गरेको थियो।
त्यसपछि सरकारले एनओसीको सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गर्नुका साथै बैंक खाता रोक्न लगाएको छ।
अर्को वर्ष हुने एसियाली खेलकुदका लागि सहभागी राष्ट्रले कुन कुन खेलमा भाग लिने सोमवार सम्म पत्रचार गर्नुपर्ने थियो। एनओसीले त्यसका लागि युवा तथा खेलकुद मन्त्रालय, राखेप र आफुमा आबद्ध संघहरुलाई पत्राचार गरेको बुझिएको छ ।
त्यसमा मन्त्रालय र राखेपबाट जवाफ नपाएको र केहि खेल संघले भने सहभागिताका लागि एनओसीमा पत्र पठाएको बुझिएको छ। एनओसीले आजको लागि राखेको पत्रकार सम्मेलनमा सम्भवतः यहि विषयलाई प्रस्ट पार्नेछ।

September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]