default_image

4 months ago

July 28, 2025

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट हुँदै

506 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबार सुरु हुने भएको छ ।

नेपालसहित भारत , श्रीलंका, माल्दिभ्स र बंगलादेशका खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक समेत आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी  गराए ।

भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुने छन् । नेपालसहित अन्य देशबाट समान ८ खेलाडीले भाग लिने छन् । नेपालबाट समान ४ महिला/पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहालले खेल्ने छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा मोहनदास बासुकला तथा प्रशिक्षकमा सन्जिवकुमार ढुंगोल र सन्ध्या शाक्य रहेका छन् ।
राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष/महिला टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुने छन् । विश्व टिम टेबलटेनिस च्याम्पियनसिप इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ ।

यदि छनोटमा पहिलो हुने राष्ट्र भारतको उडिसामा अक्टोबर ११ देखि १५ तारिखसम्म हुने एसियन टिम टेबलटेनिस च्याम्पियनसिपमा शीर्ष १२ स्थानमा रहन सफल भएको खण्डमा दक्षिण एसियाली छनोटमा दोश्रो हुने राष्ट्रले पनि इङल्यान्ड यात्राको अवसर पाउने छ ।

आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले यो प्रतियोगिता नेपाली टेबलटेनिसको ठूलो प्रतियोगिता मध्येको एक भएको बताए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख ४५ हजार खर्च हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.