default_image

10 years ago

October 1, 2015

‘सातौं राष्ट्रिय खेलकुद समयमै हुन्छ’ – सदस्य–सचिव विष्टले

185 views

0 Bookmark

काठमाडौं, असोज १४ गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आसन्न सातौं राष्ट्रिय खेलकुद समयमै हुने बताएका छन् ।

सातौं राष्ट्रिय खेलकुदका लागि गठित मूल आयोजक समितिको बबरमहलमा बिहीबार भएको बैठकलाई सम्बोधन गर्ने क्रममा समितिका सदस्य–सचिव समेत रहेका विष्टले सो कुरा बताएका हुन् ।

सातौं राष्ट्रिय मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा हुने तय भएको छ ।

bista

‘बन्द, हड्तालले गर्दा समयमा सातौं हुन्छ कि हुँदैन भन्ने विषयमा अन्योलता उत्पन्न भएको होला । विगतका आन्दोलनको रुप हेर्दा, ठूला चाँड÷पर्वका बेला आन्दोलन भएको रहनेछ । हामीले जिल्ला, क्षेत्रीय र राष्ट्रिय खेलकुदको समय पनि त्यसै अवसरमा पारेका छौं । खेलकुद सबैको साझा र रुचीको विषय भएकोले त्यो बीचमा कसैले अवरोद्ध गर्दैनन् भन्ने हाम्रो विश्वास पनि छ ।’ सदस्य–सचिव विष्टले भने– ‘बीचमा केहि हुन लाग्यो भने पनि सिंगो खेलकुद, युवा र जनताले आग्रह गर्नेछन् । जिल्ला छनोटमा ५÷७ जिल्लामा समस्य हुन सक्छ । त्यो अवस्थामा हामी सम्बन्धितलाई अनुरोध गरेर वा खेललाई अन्यत्र सिफ्ट गरेर भएपनि छनोट गर्ने तयारीमा छौं ।’

सदस्य–सचिव विष्टले सातौं राष्ट्रिय खेलकुदलाई सबै हिसाबले स्वच्छ होस् भन्ने उद्देश्यले नम्स तयार गरी क्याबिनेटबाट पास गराएर परिषद्ले काम अगाडि बढाउन लागेको बताउदै बैठकमा प्राप्त सबैको सुझाव र सल्लाहलाई आत्मासात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले पूर्वाञ्चलले प्राप्त गरेको ऐतिहासिक अवसरलाई सफल बनाउन सबैको सक्दो सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै सातौं राष्ट्रियका दौरान खेलकुदमा इतिहास रच्नेलाई सम्मान गर्न लागिएको बताए ।

बैठकमा सदस्य–सचिव विष्टले सातौं राष्ट्रिय खेलकुदको हालसम्म भएका प्रगतिका बारेमा पनि जानकारी गराएका थिए ।

बैठकमा उपस्थित मुल आयोजक समितिका सदस्यहरु एवं पूर्वाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदहरुले खेलकुद क्षेत्र राष्ट्रिय प्रतिष्ठाको विषयसंग जोडिएकाले सातौंलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धतासहित सुझाव दिएका थिए ।

‘राष्ट्रिय गौरव र एकताको पक्षका रुपमा रहेको खेलकुद क्षेत्रको मात्र नभइ सिंगो नेपालीको महान पर्व र राष्ट्रिय कार्यक्रमकै तहमा रहेको सातौं राष्ट्रिय खेलकुद– २०७२ पूर्वाञ्चलमा हुन गइरहेको छ । त्यसलाई सफल पार्नका लागि हाल भइरहेको बन्द, हड्ताल र आन्दोलनले प्रभावित नपारोस् भन्ने तर्फ सबैको ध्यान पुग्न सकोस् र विशेष गरी आन्दोलनरत पक्षले यस अवधिभरी खेल मैत्री वातावरण बनाउन सहयोग पुराइ दिनुस भन्ने आव्हान र आग्रह गर्दछु ।’ भन्दै बैठकको अन्तिममा सदस्य–सचिव विष्टले प्रस्तुत गरेको प्रस्तावलाई हलमा उपस्थित समितिका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.