10 years ago
August 4, 2015
काठमाडौं, साउन १८ गते
भीम ओलीलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति अध्यक्षमा मनोनित गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले सोमबार ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
नेपाली खेलकुदकामा एक दशक अघि देखी सक्रिय ओली नेपाल भलिबल संघको केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्य तथा भेरी अञ्चल इन्जार्च हुन् ।
ओलीले एक दशक अघि मध्यपश्चिम क्षेत्रीय भलिबल संघको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै खेलकुदमा प्रवेश गरेका थिए । महेन्द्र महुमुखी क्याम्पसको स्वयुवियु पुर्व सचिव भएर काम गरिसकेको ओली नेकपा एमाले बााकेका सदस्य हुन् ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले ओलीलाई सोमबार अध्यक्ष पदको जिम्मेवारी दिदै शुभकामना दिए ।
अध्यक्ष ओली रहेको कार्यसमितिमा कोषाध्यक्षमा मेनुका पछाई, सदस्यहरुमा रिता कोइराला, प्रदिप खत्री, केशब शाही, अर्जुन जंग शाही र राज बहादुर बुढा रहेका छन । उपाध्यक्ष, सचिव र एक सदस्य मनोनित कार्यसमितिको बैठकले चयन गर्नेछ ।
एमालेको आन्तिरिक विवादका कारण कोषाध्यक्ष र सदस्यहरुको नाम एक दिन अघि सार्वजनिक गरेपनि अध्यक्षको बारेमा भने टुङगो लाग्न सकेको थिएन ।
अध्यक्ष मनोनित भएका ओलीले मध्यपश्चिममा स्पोर्टस एकेडेमी र भौतिक पुर्वाधार निमार्ण गर्ने आफनो मुख्य लक्ष्य भएको बताउनु भयो ।
ओलीले भन्नु भयो, ‘मध्यपश्चिम खेलकुदको उर्वरा भुमी हो । यहााबाट क्रिकेट, एथलेटिक्स, भलिबल लगायत थुपैं खेलका खेलाडीले अन्तराष्ट्रिय स्तरमै पदक जितेका छन । पुर्वाधार निमार्ण र खेलकर्मीको मनोबल बढाउादै मध्यपश्चिमलाई पुन एक पल्ट नेपालको उत्कृष्ट क्षेत्रका रुपमा चिनाउने कोसिस गर्छु ।’
मध्यपश्चिमको खेलकुद र पर्यटनलाई सागैसागै अगाडी बढाउने सके खेलकुदमा थुपै्र उपलब्धी प्राप्त गर्ने सकिने ओलीले बताउनु भयो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]