9 years ago
August 18, 2015
राष्टिय खेलकुद परीषदका पुर्व सदस्य सचिब युवराज लामा संगै कोषाध्यक्ष इन्द्र बहादुर थिङको कार्यभार सकिएपछी झण्डै तिन महिना देखि रिक्त कोषाध्यक्षको पदमा आज युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेले हमाललाई कोषाध्यक्षमा नियुक्त गर्नुभएको हो ।
नबनियुक्त कोषाध्यक्ष हमालले आजै आजै पद तथा गोपनियताको सपथ ग्रहण समेत गरीसक्नु भएको छ भने उहाले आजै बाट कार्यभार समेत सम्हाल्नु हुने भएको छ ।
नेपाली काग्रेस खेलकुद विभागका सदस्य हमाल नेपाली काग्रेसको कोटाबाट गतबर्ष राष्टिय खेलकुद परीषदको सदस्यमा नियुक्त हुनुभएको थियो ।
हमाल, आजै बस्ने राष्टिय खेलकुद परीषदको बोर्ड बैठकमा कोषाध्यक्षको रुपमा सहभागी हुनुहुनेछ । भारत्तोलनका पुर्व खेलाडी समेत रहनुभएका हमाल नेपाल भारत्तोलन संघका उपाध्यक्ष समेत हुनुहुन्छ ।
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]
December 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैतमा कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद चैतको २३ देखि ३० गते हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रवार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी […]
December 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विशेष साधारणसभाले एनओसी नेतृत्वको कार्यकाल सम्बन्धि प्रावधानलाई संशोधन गरेको छ । दुई तिहाई सदस्यले अध्यक्ष र महासचिवको कार्यकाल अवधि थपसहित अन्य बुँदा पनि संशोधन गरेको छ । एनओसीले अध्यक्ष र महासचिवले अब ४ पटकसम्म उम्मेदवार बन्न पाउने गरी विधान संशोधन गरिएको हो । लगातार अथवा फरक […]