default_image

10 years ago

August 19, 2015

‘पुरानाको योगदान विर्सनु हुादैन’– विष्ट

176 views

0 Bookmark

काठमाडौं, भदौ २ गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विभिन्न खेलकुद समितिका पूर्व पदाधिकारीहरुले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदान विर्सन नहुने बताएका छन् ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीको स्वागत तथा पूर्व पदाधिकारीहरुको बिदाइ गर्न बुधबार आयोजित कार्यक्रममा सदस्य–सचिव विष्टले यस्तो धारणा राखेका हुन् । ‘पूर्व पदाधिकारीहरुले खेलकुदको विकासमा गरेको योगदान कहिल्यै विर्सनु हुादैन । उहााहरुको अनुभव र सुझाव सदैव आवश्यक रहन्छ । त्यसैले उहााहरुलाई स–सम्मान बिदाइ गर्नु पर्छ ।’ विष्टले भने– ‘नयााले खुसुक्क आउने र पुरानाले खुसुक्क जाने परिपाटीको अन्त्य गर्न पनि यस्ता कार्यक्रम हुनु जरुरी छ । आउनेले पनि छाती फुकार आउनु सक्नु पर्छ जानेले पनि छाती फुकार जान सक्नु पर्छ । हामीले सबै ठाउामा यस्तो कार्यक्रम गर्न भनेका छौं ।’

सदस्य–सचिव विष्टले सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको र खेलकुद बुझेको व्यक्ति ठहर गर्दै परिषद्ले ध्रुवजीको नेतृत्वमा काठमाडौं जिल्लामा सन्तुलित टिम पठाएको बताउदै दलगत स्वार्थभन्दा माथि उठेर खेलकुद र खेलाडीको विकास र समृद्धिका लागि काम गर्नु पर्नेमा जोड दिए ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले वर्तमान अध्यक्ष खेलकुदसंग भिजेको व्यक्ति भएकाले उहााको कार्यकालमा काठमाडौं जिल्लाको खेलकुदले अझ फड्को मार्ने विश्वास व्यक्त गरे । उनले सदस्य–सचिव विष्टको खेलकुदलाई स्वर्णकाल बनाउने लक्ष्यमा परिषद्को नीति र निर्देशन अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

समितिका नवनियुक्त अध्यक्ष ध्रुवराज न्यौपानेले कसैलाई पनि पक्षपात नगरी काम गर्ने बताउदै काठमाडौं जिल्लाको खेलकुद विकासका लागि हरदम प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे । उनले काम गर्नेलाई पुरस्कार र नगर्नेलाई दण्डको परिपाटी अवलम्बन गरिने बताए । न्यौपाने साउन ९ गते काठमाडौं जिल्लाको अध्यक्षमा मनोनित भएका थिए ।

सो अवसरमा सदस्य–सचिव विष्टले काठमाडौं जिल्लाका नवनियुक्त पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.