10 years ago
November 29, 2015
काठमाडौं, मंसिर १३ गते ।
नेपाली खेल क्षेत्रको विकासका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच आइतबार सम्झौता भएको छ ।
नेपाल ओलाम्पीक कमिटिको भवन सातदोबाटोमा भएको कार्यक्रममा खेल क्षेत्रको विकास गर्न नेपाल ओलाम्पीक कमिटी र गैर आवासिय नेपाली संघ बीच सम्झौता भएको हो । सम्झौतामा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनएका तर्फबाट नवनिर्वाचित अध्यक्ष शेष घलेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब देखी नेपालमा चलिरहेको ओलाम्पीक अभियानको साझेदारका रुपमा गैर आवासीय नेपाली संघ रहने छ । सो अवसरमा एनआएरएनए स्थापना दिवस अक्टोबर ११ तारिखका दिन ओलाम्पीक कमिटीले विभीन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने जानकारी समेत दिइएको थियो ।
यसैगरी गैर आवासिय नेपाली संघले क्षमतावान निश्चित खेलाडीहरुको बैदेशिक प्रशिक्षण र खेलकुद प्रतिस्पर्धामा आवश्यक सामाग्री उपलब्ध गराउने, दक्षिण एसियाली, एसियाली र ओलाम्पीक खेलकुदमा सहभागी खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, नेपाली खेलकुद क्षेत्रको भौतिक पुर्वाधार निर्माणका लागि दाता तथा बहुराष्ट्रिय कम्पनीहरुको खोजी गर्ने सहमति भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गरेपछि बोल्दै गैरआवासिय नेपाली संघका अध्यक्ष घलेले एनओसीसागको सम्झौताले नेपाली र दोश्रो पुस्ताका गैर आवासीय नेपालीबिचको सम्बन्ध सुमधुर बनाउने अपेक्षा राखेको बताए । उनले नेपाली खेलाडीहरुले क्षमता नभएर भन्दा पनि उपयुक्त प्रशिक्षण र अवसर नपाएर उपलब्धी हासिल गर्न नसकेको बताए । संसारभर छरिएर रहेका दोश्रो पुस्ताका एनआएरएनहरु खेलकुद मार्फत् नेपालीसंग जोडिन उत्सुक रहेको भन्दै अध्यक्ष घलेले एनओसीले यसमा बिशेष ध्यान दिने विश्वास व्यक्त गरे । नेपालको खेल क्षेत्रलाई सशक्त र प्रभावकारी बनाउन आफ्नो तर्फबाट आर्थिक, भौतिक पुर्वाधार विकास आदीमा योगदान दिने उद्देश्यका साथ सम्झौता गरिएको अध्यक्ष घलेको भनाई थियो ।
कार्यक्रममा नेपाल ओलाम्पीक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एनआएरएनएको सहयोगले नेपाली खेलाडीहरुलाई ढाडस दिने भन्दै लक्ष्य प्राप्तीमा सहयोग मिल्ने बताउनुभयो । खेल क्षेत्र मार्फत राष्ट्रको शिर उचो बनाउने आफुहरुको अभियानमा गैर आवासिय नेपाली संघले साथ दिएकोले आगामी दिनमा अन्तराष्ट्रिय जगतमा राम्रो परिणाम ल्याउने बताए । अध्यक्ष श्रेष्ठले एनआरएनएसंगको सहकार्यले संसारभर रहेका नेपालीहरुबीच सौहार्दता बढाउनुका साथै सांस्कृतिक आदान प्रदानमा समेत योगदान पुग्ने धारणा राखे । नेपालीहरुलाई एकताको सुत्रमा बााध्ने एक मात्र क्षेत्र खेलकुद रहेको उनको भनाइ थियो ।
कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेलाई नेपाल ओलाम्पीक कमिटीको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]