default_image

10 years ago

December 7, 2015

ओलम्पिक संग्रहालयको अन्तर्राष्ट्रिय समन्वय संयोजकमा नारायण गुरुङ मनोनयन

285 views

0 Bookmark

मङ्शिर २० , काठमाडौं
नेपालमा वि.स.२०५२ सालको ओलम्पिक डे का दिनदेखि ओलम्पिक अभियान सुरु गरी दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय “नेपाल ओलम्पिक संग्रहालय”को विकास विस्तारलाई थप उचाईमा पु¥याउन ओलम्पियन नारायण गुरुङलाई संग्रहालयको अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा मनोनयन गरिएको  छ ।
Olympic comittee
आज संग्रहालयको साग खेलकुद सूचना केन्द्रको कार्यालयमा भएको कार्यक्रममा ओलम्पियन नारायण गुरुङले आफनो खेलजीवनको अनुभवले नेपालको ओलम्पिक अभियानमा टेवा पुयाउने,, ऐतिहासिक वस्तुहरुको संकलन तथा संरक्षण र संग्रहालयद्धारा सञ्चालित सूचना केन्द्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न आवश्यक सहयोग र समन्वय भूमिका खेल्ने विचार राख्नु भयो । उक्त अवसरमा संग्रहालयका उपाध्यक्षद्धय जितबहादुर के.सी. र दिपक विष्ट तथा कोषाध्यक्ष मञ्जु तुलाधरको पनि उपस्थिति रहेको थियो ।
यस संग्रहालयका संस्थापक सदस्य समेत रहनु भएका नारायण गुरुङले नेपालको तर्फबाट वार्सिलोना ओलम्पिकमा सहभागी हुनु भएको छ । त्यसै गरी नेपालको तेक्वान्दो खेलमा थुप्रै राष्ट्यि तथा अन्तर्राष्ट्यि पदक हासिल गरी सक्नु भएको छ । हाल एनआरएनएका आइसीसी सदस्य तथा खेलकुद संयोजकको रुपमा रहनु भएका नारायण गुरुङको विशेष सक्रियतामा एनआरएनए र एनओसीका बीच आपसी सहकार्यका लागि सम्झौता पनि भएको थियो ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.