default_image

8 years ago

November 21, 2017

जुम्लाका दुर्गाबहादुरले जिते नेपालगन्ज म्याराथन, रेसु हाफ म्याराथनकी विजेता

225 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – जुम्लाका दुर्गाबहादुर बुढाले तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै दुर्गाले उपाधि हात पारेका थिए । विजेता बाहेक शीर्ष ८ मा सबै स्थान विभागिय टोलीका खेलाडीले हात पारे । दुर्गाले २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरेका थिए । 

तस्बिर सौजन्य : प्रदीप राजवंशी

महिला हाफ म्याराथनको शीर्ष तीनमै विभागका टोलीको वर्चश्व रह्यो । त्रिभुवन आर्मीकी रेसु बस्नेतले हाफ म्याराथन जितिन् ।  रेसुले १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । आर्मीकै चन्द्रा रावत (१ घन्टा २८ मिनेट ०६ सेकेन्ड) दोस्रो र नेपाल एपिएफ क्लबकी कृष्णश्वरी सिन्तकला (१ घन्टा ३० मिनेट ०७ सेकेन्ड) तेस्रो स्थान हासिल गरिन् ।

 म्याराथनमा आर्मीका खडकबहादुर खड्का (२ घन्टा २७ मिनेट २० सेकेन्ड) दोस्रो , एपिएफका गणेशसिंह ठकुरी (२ घन्टा २८ मिनेट ३५ सेकेन्ड) तेस्रो भएका थिए । दुर्गाले ५५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रोले २५ हजार, तेस्रोले १५ रुपैयाँ प्राप्त गरे । चौथो स्थान हासिल गर्नेले १० हजार, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ प्राप्त गरे  ।

हाफ म्याराथनमा विजेता रेसुले ३० हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार पाउनेछ । हाफ म्याराथनमा शीर्ष छ जना नगदबाट पुरस्कृत हुनेछन् । त्यसमा चौथो स्थान हात पार्नेले ७ हजार, पाँचौंले ६ हजार र छैठौंले ५ हजार पाउनेछन् ।

५ किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राममाया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भए । रामायाले १९ मिनेट ४२ सेकेन्डमा तथा नरेशले १६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरेका थिए । छात्रार्फ जुम्लाका विवेक कठायत (१७ मिनेट १५ सेकेन्ड) दोस्रो, बाँकेका अरविन्द क्षत्री (१८ मिनेट ) तेस्रो भएका थिए । छात्रामा जुम्लाकी अमृता भण्डारी (२० मिनेट ३३ सेकेन्ड) र सल्यानकी चन्द्रकुमारी घर्ती (२१ मिनेट ५०) तेस्रो स्थान हासिल गरेकी थिइन् ।

ह्विलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भएको थियो । उनीहरुले ५, ३, २ हजार रुपैयाँ प्रदान गरिएको थियो । सोही अवसरमा आयोजित नृत्यमा नेपालगन्ज मोडल एकेडेमीका गरिमा चौधरी प्रथम, जयबागेश्वरी दीपेश थापा दोस्रो र ग्रिनपिस स्कुलका प्रिन्सा खड्का तेस्रा भइन् । विजेताले १०, दोस्राले ७ र तेस्रो हुने ५ हजार रुपैयाँ प्राप्त गरे । सबै इभेन्ट्समा गरि ६ सय ५६ भन्दा बढीको सहभागिता रहेको थियो ।

क्रियटिभ्स ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणाले संयुक्त रुपमा गरेका थिए । विजेतालाई राखेप सदस्य सचिव विष्ट, नेपालगन्ज उप महानगरपालिका मेयर राणा, नेपालगन्ज म्याराथनका संरक्षक विजय लामा, प्याब्सन बाँकेका अध्यक्ष राजेश केशर खनाल, हिसान बाँकेका अध्यक्ष अरविन्द्र मिश्रा, होटल ग्यालेक्सी दरबारका महाप्रबन्धक सञ्जय श्रेष्ठ, राखेप प्रेस सल्लाहकार रोहित दाहाल, सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने, राखेप पूर्व सदस्य खड्ग रानाभाट, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलगायतले पुरस्कार वितरण गरेका थिए ।

सोही अवसरमा पूर्व ओलम्प्यिन रघुराज वन्तलाई सम्मान गरिएको थियो ।दश  बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गर्दै आएको छ ।   क्रियटिभ ह्याण्ड्स ग्रुपले  ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नारासहित आयोजना भएको म्याराथन नेपालगन्ज रंगशालादेखि सुरु भइ कोहलपुर चौराहादेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः रंगशालामा पुगेर टुंगिएको थियो ।

आउ‘दो बर्ष आयोजना हुने आठौ राष्ट्रिय खेलकुद् प्रतियोगिताको तयारीमा रहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले सम्पूर्ण प्राविधिक व्यवस्थापनको संयोजन गरेको थियो । एथलेटिक्स संघ बॉके म्याराथनको सह आयोजकको रुपमा रहेको थियो ।  नेपालगन्ज म्याराथनमा यस बर्ष उत्साहजनक साझेदारी बढेको छ । नेपालगन्जको अग्रणी विद्यालय ब्राइटल्याण्ड स्कुलले मुख्य साझेदारीलाई निरन्तरता दिएको थियो । होटल ग्यालेक्सी दरबारले हस्पिटालिटी पार्टनर र नागरिक पश्चिमेलीले मिडिया पार्टनरका रुपमा साझेदारी गरेका थिए ।

त्यस्तै, सिद्धार्थ हस्पिटल मेडिकल पार्टनरका रुपमा रहेको थियो । एक्सन एड नेपालले बालिका शिक्षाका लागि दौड नारासहित सहकार्य गरेको थियो । यसैगरी यूएनडीपी, सेभ द चिल्ड्रन, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले साझेदारीलाई निरन्तरता दिएका थिए । त्यस्तै, बीबी साईकल, प्याब्सन बॉके, हिसान बॉके, मध्यपश्चिम खेलकुद् विकास समिति, नेपालगन्ज साईक्लिङ क्लब, अमृत जल, साहस स्पोर्टस र क्रियटिभ बुक्सले पनि नेपालगन्ज म्याराथनमा साझेदारी गरेका थिए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.