default_image

8 years ago

March 25, 2018

आर्मीलाई राष्ट्रिय हक्की उपाधि

158 views

0 Bookmark

जनकपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ । जनकपुरको कभर्ड हलमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमाञ्चल टोलीलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

धनुषा जिल्ल्ला हक्की संघको आयोजनामा चैत ६ गते देखि सुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र आर्मी गरि ६ टोलीको सहभागिता रहेको थियो । विजेता आर्मीले ६५ र दोस्रो भएको सुदूरपश्चिमले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताका म्यान अफ दी सिरिज राम शाहले १ लाख रुपैयाँ बराबरको छात्रबृति र १५ हजार रुपैयाँ प्राप्त गरे । राम नै फाइनलको समेत म्यान अफ दी म्याच घोषित भए । पश्चिमाञ्चल टोली अनुशासित टोली चुनियो भने मध्यमाञ्चलका टिमाक परववेज आलम इमर्जिङ प्लेयर घोषित भए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल हक्की संघका उपाध्यक्ष मनिष झालगायतले प्रतियोगिताका विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । २०४० सालमा पहिलो पटक कास्कीको पोखरामा राष्ट्रिय हक्की प्रतियोगिता आयोजना गरिएको थियो ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.