default_image

8 years ago

March 29, 2018

सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ बैशाखमा

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ प्रतियोगिता बैशाखमा हुने भएको छ ।

आयोजक नेपाल क्लाइम्विङ स्पोर्टस् संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ प्रतियोगिता राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाको प्रतिष्ठा दिवस एवं रजत जयन्तीको अवसर पारेर वैशाख १९ गते आयोजना गर्न लागिएको बताएको छ ।

सोही दिन नै अर्थात २०७२ वैशाख १२ गतेको आएको विनाशकारी भूकम्पमा परि हराएका भोम्जनको शव १९ गते फेला परेको थियो । उनी गोरखापत्र राष्ट्रिय दैनिकमा खेल पत्रकारको रुपमा कार्यरत थिए ।

स्पोर्टस् क्लाइम्बिङका विभिन्न विधामध्ये यो प्रतियोगितामा लिड क्लाइम्बिङ र टप रोपमा प्रतिस्पर्धा हुनेछ । लिड क्लाइम्बिङ प्रतिस्पर्धामा महिला तथा पुरुष गरी ५० देखि ५५ जना खेलाडीले तथा रोपमा ५० देखि ६० जना खेलाडीले भाग लिने आयोजकले बताएको छ । प्रतियोगिता पासाङल्हामु स्पोर्टस् क्लाइम्बिङ सेन्टर धुम्बाराहीमा हुनेछ ।

प्रतियोगिताको विजेताले १५ हजार प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० हजार तथा तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् । लिड क्लाइम्बिङ विधाका विजेता खेलाडीलाई इन्डोनेसियाको जकार्तामा हुने एसियाली खेलकुद र जापानमा सन् २०२० मा हुने ओलम्पिक खेलकुदमा भाग सहभागिता गराउन नेपाल ओलम्पिक कमिटिसामु पहल गर्ने आयोजकले जनाएको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.