8 years ago
March 30, 2018
जोमसोम (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब ‘बी’ टिमले प्रथम सिओएएस हाई अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिता(२०७४ को उपाधि जितेको छ । दीपक सिंह भण्डारी र प्रताप थापाले निर्धारित २०.२ किलोमिटर दुरी १ घण्टा १९ मिनेट ४४ सेकेण्डमा पुरा गरेपछि आर्मी ‘बी’ च्याम्पियन बनेको हो ।
‘बी’ले आफ्नै क्लबका मान बहादुर थापा र बसन्त थापा सम्मिलत ‘ए’ टिमलाई १ मिनेट ६ सेकेण्डले पछि पारेका थिए । क्लाइम्बिङ र रनिङमा पछि परेपनि दीपक र प्रतापले साइकलिङमा राम्रो गर्दै आर्मी एलाई हराए । मान र बसन्तको जोडीले १ घण्टा २० मिनेट ५० सेकेण्डमा दुरी पुरा गरेका थिए । लक्ष्मण मल्ल र किरण मल्लको एपीएफ ‘ए’ टिमले १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान हात पार्यो ।
नेपाली सेनाले पहिलो पटक आयोजना भएको ट्राई एड्भेन्चरमा सय मिटरको रक क्लाइम्बिङ, ४.७५ किलोमिटरको रनिङ र १३.३५ किलोमिटरको साइकलिङ समावेश थियो। प्रतियोगितामा आर्मीको ३, एपीएफको २ तथा अन्य १० गरी कूल १५ टिमको सहभागिता थियो । हिमालयन गल्र्सको नामम एक मात्र महिला टोलीले पनि प्रतिस्पर्धा गरेको थियो ।
आर्मी बी ले ५० हजार , आर्मी एले ३० र एपिएफ एले २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै सहभागी अन्य टिमलाई प्रोत्साहन स्वरुप समान ५ हजार प्रदान गरिएको थियो । प्रतियोगिताको लागि मुस्ताङमा दुई गाउँपालिकाले झन्डै साढे ३ लाख रुपैयाँ सहयोग गरेको बताइएको छ । विजयी खेलाडीहरुलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतले पुरस्कृत गरे ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]