default_image

8 years ago

March 30, 2018

पोखरामा राष्ट्रिय स्केट बोर्ड प्रतियोगिताको तयारी पुरा

183 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ महिला तथा पुरुष च्याम्पियनसिको सम्पूर्ण तयारी पुरा भएको नेपाल स्केटिङ तथा स्केट बोडिङ संघले जनाएको छ ।

शनिबार हुने प्रतियोगितामा २० जिल्लाका झन्डै एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अध्यक्ष अच्युत खनालले जानकारी दिए । पोखरा रंगशालामा भएको अन्नपुर्ण स्केट बोर्ड पार्क विश्वकै दोश्रो नमुना पार्क रहेको उल्लेख गर्दै अध्यक्ष खनालले नेपाली खेलाडीको उत्पादन र प्रवद्र्धन गर्न संघले अन्तराष्ट्रिय स्तरका खेलाडी लक्ष्य लिएको बताए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले यस क्षेत्रको खेलकुद पर्यटनमा स्केटबोर्ड निर्माणले सहयोग पुगेको बताए । उनले पोखरालाई खेलकुद पर्यटनको शहर बनाउने हो भने यस तर्फ लगानी बढाउनु पर्ने कुरामा जोड दिए । उनले यस प्रतियोगिताले स्केटबोर्ड खेलको महत्वलाई थप उजागर गर्ने र पोखरामा थप खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

संघका उपाध्यक्ष चुडामणी खनालले प्रतियोगितामा पुरुष तर्फ १४ वर्ष भन्दा माथी, १४ वर्ष मुनी तथा महिला गरि तिन विधा रहेको बताए । संघका सचिव रामचन्द्र कोइरालाले प्रतियोगिताका लागि भन्डै ५ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । सबै विधाका विजेताले ५, दोस्रो हुनेले २ हजार ५ सय रुपैयाँका साथै १० हजार रुपैयाँ मुल्य पर्ने स्केट बोर्ड दिइने जानकारी दिइयो । तेस्रो हुनेले स्केटबार्ड पाउनेछन् ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.