8 years ago
March 31, 2018
पोखरा (हाम्रो खेलकुद) – काठमाडौंका गजेन्द्र वर्देवाले दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियरतर्फ च्याम्पियन बनेका छन् ।
पोखरा रंगशाला स्थित अन्नपूर्ण स्केटवोर्ड स्थल भएको प्रतियोगितामा १४ वर्ष भन्दा माथी उमेर समूह गजेन्द विजयी बने भने कास्कीका समिर विल्सन दोस्रो र कास्की पेन्टोलिन शेर्पा तेस्रा भए । पुरुष १४ वर्ष मुनि काठमाण्डौका धिरज परियार प्रथम, कास्कीका सुमित गुरुङ द्वितिय र कास्कीका राज कुमार तृतिय भए ।
महिला तर्फ काठमाण्डौका लोरिन राई र रेजिना मर्हजनले प्रतियोगितामा सहभागिता जनाए । उनीहरुले आफ्नो खेल प्रर्दशन गर्दै महिलाहरु समेत यस खेलमा आर्कषण रहेको सहभागिता गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् । विजेताले ५ हजार र दोस्रो भएका खेलाडीले २ हजार ५ सय रुपैयाँका साथ १० हजार रुपैयाँ पर्ने स्केट बोर्ड तथा तृतियलाई स्केटबोर्ड प्राप्त गरे । प्रतियोगितामा २० जिल्लाका झन्डै १ सय खेलाडीको सहभागिता थियो ।
विजेताहरुलाई नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष चुडामणी खरेल, सचिब रामचन्द्र कोइराला, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की स्केटिङ संघका उपाध्यक्ष सुनिल पिसी, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठत लगाएतले पुरस्कृत गरे ।
आयोजक संघका अध्यक्ष खनालका अनुसार नेपालमा स्केट बोर्ड खेलको प्रवद्र्धन तथा खेलाडी उत्पादनका लागि संघले आफ्ना कार्यक्रमहरु अगाडी बढाएको बताउँदै सान २०२० मा जापानमा हुने ओलोम्पिक खेलमा नेपालका तर्फ बाट दुइ जना स्केट खेलाडीलाई वाइल्ड कार्ड मार्फत सहभागिता गराइने बताए ।पोखरामा स्केट खेलको माध्यम द्वारा पर्यटन पवद्र्धन गर्न प्रचुर सम्भावना रहेको र यहाँको अन्न्पूर्ण स्केट पार्कलाई यथासिघ्र थप व्यवस्थित बनाउने समेत उनले बताए । पोखरा रंगशालाको स्केट पार्क विश्वकै दोश्रो नमुना र ठूलो मध्येको एक हो ।
यसै गरि संघका उपाध्यक्ष चुडामणी खरेलले नेपालको स्केट खेललाई थप माथी उठाउन संघले राष्ट्रिय खेलकुद परिषद लगाएत विश्व स्केट संघ संग आफ्ना योजनाहरु जानकारी गराएको बताउँदै नेपालमा स्केट खेलको प्रचुर संभावना रहेको बताए । प्रतियोगिताको उद्घाटन पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले गरेका थिए ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]