default_image

8 years ago

April 3, 2018

१८ औं एसियाली खेलकुद-शेर्पाको संयोजकत्वमा उच्च स्तरीय समिति गठन

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा झन्डै पाँच महिनापछि हुने १८ औं एसियाली खेलकुदमा नेपालको कति खेल र खेलाडी सहभागी हुने भन्ने कोटा निर्धारणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ८ उच्च स्तरीय सदस्यीय समिति गठन भएको छ ।

 

 

मन्त्री स्तरीय निर्णयबाट आइतबार गठन भएको समितिले चैत मसान्त भित्र नेपालले भाग लिने खेल, खेलाडी संख्या, प्रशिक्षक र व्यवस्थापक संख्या सिफारिस गर्न भनेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव समेत रहेका शेर्पाले समिति गठन ढिलाई भएपनि फास्ट ट्र्याकमा काम टुंगाईने बताएका छन् ।

उनले यस्तो दाबी गरिरहँदा यसअघिको एन्चोन एसियाली खेलकुदमा जस्तै विवाद देखिने खतरा बढ्दै गएको छ । त्यति बेला करातेको विवादका कारण नेपालले एसियाली खेलकुदमा नेपालका करातेका अलग अलग दुई टोलीको सहभागिता रहेको थियो । यसपटक त्यो समस्या तेक्वान्दोमा देखिने खतरा बढेको छ । नेपाल तेक्वान्दो संघले केहि साताअघि खेलाडी छनोट गरिसकेको छ । राष्ट्रिय तेक्वान्दो युनियनले पनि सोमबार मात्रै १२ खेलाडी छनोट गरेको सार्वजनिक गरेको छ ।

शेर्पाले हाम्रो खेलकुदसँग भने ‘कराते र तेक्वान्दोमा समस्या छ । हामीले त्यसलाई मिलाएर समय सिमा भित्रै सबै टुंगाउने छौं । ’एन्चोन एसियन खेलकुदमा विवादपछि राखेपले सिफारिस गरेको र एनओसीले सिफारिस गरेको दुई टोलीको सहभागिता भएको थियो । जसमध्ये एनओसीले सिफारिस गरेको खेलाडी मध्ये विमला तमाङले कातामा कास्य पदक जितेकी थिइन् ।

त्यो एसियाली खेलकुदमा नेपालले त्यहि एउटा पदक जितेपछि अर्को टोलीका कराते खेलाडीले त्यसमा खुसीयाली मनाउन सकेनन् । किनकी अर्को खेलाडीको नाम अन्तिम समयमा काटेर विमलालाई त्यसमा सहभागी गराइएको थियो । यसपटक भने करातेको अलग अलग छनोटको खबर सार्वजनिक भएको छैन ।

समय रहँदै राखेपले विवाद समाधानका लागि कुनै पहल नलिएका कारण खेलाडीको नामावली पठाउने क्रममा भने विवाद चर्केने सम्भवना देखिएको छ । यसअघिका सदस्य सचिव युवराज लामाको पालामा युनियन गठन भएयता नै तेक्वान्दोमा विवाद चल्दै आएको छ । युनियनले २०६८ मा पहिलो पटक छैटौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएको थियो ।

आठ सदस्यीय समितिको सह संयोजकमा राखेप कोषाध्यक्ष शैलेश कर्माचार्य रहेका छन् । सदस्यमा राष्ट्रिय टिम तयारी समितिका संयोजक रहेका राखेप सदस्य वीरेन्द्र श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, नेपाल खेलकुद प्रतिष्ठानका निर्देशक नवीन उप्रेती, खेलकुद विकास विभागका प्रमुख कुलबहाुदर तथा राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुनबहादुर विक र युवा तथा खेलकुद मन्त्रालयका २ जना प्रतिनिधि रहेका छन् ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.