8 years ago
April 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तीन नेपाली खेलाडीले विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिप र युथ ओलम्पिक छनोटमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै प्रतियोगिता ट्युनिसियामा हुने नेपाल तेक्वान्दो संघले जनाएको छ । युथ ओलम्पिक छनोट बिहीबार सुरु हुने बताइएको छ ।
नेपाली खेलाडी आशया लामाले ४९ केजी तथा कपिल थापाले ५९ केजीमा तथा शैलेश गिरीले ४८ केजीमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले अप्रिल ९ देखि १३ सम्म हुने विश्व जुनियर च्याम्पियनसिपमा पनि नेपालको प्रतिनिधित्व गर्नेछन् । टोलीको प्रशिक्षक एवंम् व्यवस्थापकमा संघका सदस्य श्याम डंगोल रहेका छन् । टोलीलाई संघका सचिव एवंम् तेक्वान्दोका सहायक मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले विदाई गरेका थिए ।
यसैबीच, ट्युनिसियामा बिहीबार हुने विश्व तेक्वान्दो महासंघको महासभामा भाग लिन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणा र महासचिव दीपकराज गुरुङ त्यसतर्फ प्रस्थना गरेका छन् । महासंघका २ सय ९ राष्ट्रका प्रतिनिधिको सहभागिता रहने महासभामा नेपाली तेक्वान्दोको गतिविधि, अहिले सम्मको सफलता र भावि योजनाका विपयामा श्रव्यदृश्य प्रस्तुत दिने कार्यक्रम तय रहेको संघले जनाएको छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]