8 years ago
April 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – संगिता राईले १२ वर्षअघिको पुरानो कीर्तिमान भंग गरेकी छिन् । संगिताले काठमाडौ जिल्लाद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान ४८ केजी तौल समूहमा नीता थापाले राखेको १२ वर्ष अघिको किर्तिमान भंग गरेकी हुन् ।
नेपाल पुलिस क्लबकी संगिताले सिनियर तर्फ स्नाच र कुलमा निता थापाले २०६२ सालमा काठमाण्डौमा भएको ३५ औं युवराज जन्मोत्सव कपमा राखेको ५३.५ र ११८.५ केजी तौल लाई भंग गर्दै ५४ र १२३ केजीको नयाँ किर्तिमान बनाएकी हुन् । यस्तै संगिताले क्लिन एण्ड जर्कमा पनि आफ्नै नाममा रहेको ६६ केजी तौलमा सुधार गर्दै ६९ केजीका साथ नयाँ किर्तिमान राखिन् ।
उनले दोश्रो लिफ्टमानै किर्तिमानलाई सुधार गर्दै ६७ केजीको किर्तिमान राखेकी थिईन् । तेश्रो लिफ्टमा उनले पुन ६९ केजी भार बहन गर्नै नयाँ राष्ट्रिय किर्तिमान कायम गरिन् । यस स्पर्धामा नेपाली सेनाका मनिषा रानाभाटले कुलमा ११६ केजीका साथ रजत र रिता गुरुङ्गले ९३ केजीका साथ कास्य पाए ।
ग्रास रुटबाटै खेलाडी उत्पादन गर्ने र राष्ट्रिय टिममा समायोजन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको ४८ केजी तौलकै जुनियर तर्फको प्रतिस्पर्धामा ग्यालेक्सी फिटनेशकी करिना चौधरीले कुलमा ९३ केजी भारबहनका साथ स्वर्ण पाईन् । डिभाईन फिजिकल फिटनेशकी पल्लभी चौधरीले ७३ केजीका साथ रजत र ग्यालेक्सीकै राधा भुजेलले ३५ केजीका साथ कास्य पाईन् ।
प्रतियोगिताको पहिलो दिन महिला तर्फ ८ राष्ट्रिय किर्तिमान कायम भएका छन् । अशोक फिटनेश ईक्विपमेण्ट र हेल्थ ट्याक फिटनेश ईक्विपमेण्टको प्रायोजनमा भएको प्रतियोगितामा महिला तर्फकै सिनियर ५३ केजी तौलमा नेपाल प्रहरी क्लबकी देवी कुमारी चौधरीले स्नाचमा ६५ केजीको नयाँ किर्तिमान राखिन् । उनले संजु चौधरीले यसै बर्ष पोखरामा सम्पन्न २३ औं पुरुष तथा ८ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा राखेको ६३ केजी तौलको किर्तिमान भंग गरेकी थिईन् । चौधरीले कुलमा १४५ केजी भार बहन गर्दै स्वर्ण पाईन् । दोश्रो स्थानमा रहेकी खर्साल युथ क्लबकी सरस्वती चौधरीले ८५ केजी तौलका साथ रजत पाईन् ।
यसै स्पर्धाको जुनियर तर्फ ओम फिटनेश तथा अर्डर सप्लायर्सकी संजु चौधरीले तीन किर्तिमान राखिन् । उनले पोखरामा भएको २३ औं पुरुष तथा ८ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्नाचमा राखेको ६३ केजी, स्नाचको ८२ केजी र कुलको १४५ केजीमा सुधार गर्दै ६४, ८४ र १४८ को नयाँ किर्तिमान रचिन् ।
महिलाको ५८ केजी तौलमा स्पोर्टस् हाईवका शितल घिमिरेले स्वर्ण ६६ केजीका साथ स्वर्ण पाईन् । यस्तै जुनियर तर्फ खर्साल युथ क्लबकी काजल यादवले ९७ केजीका साथ स्वर्ण र बिरगंज युनाईटेडकी रविना बस्नेतले ९० केजीका साथ रजत पाईन् । ललितपुरस्थित स्पोर्टस् हाईवमा भएको प्रतियोगिताको पुरुष ५६ केजी सिनियर तर्फको प्रतिस्पर्धामा नेपाली सेनाका तुलाराम महतोले १८२ केजीका साथ स्वर्ण पाए ।
सेनाकै संतोष थपलियाले १६५ केजीका साथ रजत र बिरगंज फिजिकल फिटनेशका अशोक कुमार शाहले १२५ केजीका साथ कास्य पाए । यसै स्पर्धाको जुनियर तर्फ खर्साल युथ क्लबका राम कुमार यादवले १८१ तौलका साथ स्वर्ण पाए । खर्सालकै लालबाबु पासवानले १५३ केजीका साथ रजत र बिरगंज युनाईटेडका राजा शाह कानुले १३५ केजीका साथ कास्य पाए ।
पुरुषकै ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले कुल २१० केजी तौल भार बहन गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा रहेका नेपाल प्रहरीका मुई लामाले २०१ केजीका साथ रजत र एपिएफ क्लबका सुभाष कुमार साहले १६५ केजीका साथ कास्य पाए ।
जुनियर तर्फ खस्र्याल युथ क्लबका रमेश झाले १६० केजीका साथ स्वर्ण, डिभाईन फिजिकल फिटनेशका गणेश रानाभाटले १५६ केजीका साथ रजत र बिरगंज युनाईटेडका सजरुद्धिन आलमले १५० केजीका साथ कास्य पाए । दुई दिने प्रतियोगिताको प्रतिनिधी सभाका माननिय सांसद जीवनराम श्रेष्ठले एक कार्यक्रमबिच पानसमा द्विप प्रज्वलन गरि उदघाटन गरे ।
कमला घाईते
महिलाको ५८ केजी तौलमा नेपाली सेनाकी कमला श्रेष्ठले स्नाचमा आफ्नै नाममा रहेको ६७ केजीको किर्तिमानमा सुधार गर्दै ६८ केजी तौलको नयाँ किर्तिमान राखेता पनि क्लिन एण्ड जर्कमा पनि नयाँ राष्ट्रिय किर्तिमान कायम गर्ने क्रममा उनी घाईते हुन पुगिन् । कमलाले स्नाचमा ६७ केजीको किर्तिमान २०१७ मा तुर्कमेनिस्तानमा भएको ५ औं मार्सल आर्टस् गेम्समा राखेकी थिईन् ।
एशियन प्रतियोगिताका लागि छनौट हुन सफल हुने विश्वास गरिएकी नेपाली सेनाकी कमला श्रेष्ठ क्लिन एण्ड जर्कमा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्ने उद्धेश्यका साथ ८७ केजी भार बहन गर्ने क्रममा खुट्टामा चोट लाग्नाका कारण प्रतियोगिताबाट बाहिरिन पुगेकी थिईन् । उनकै नाममा ८६ केजीको किर्तिमान कायम रहेको छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]