default_image

8 years ago

April 12, 2018

भारोत्तोलनमा तारा र पुकारको राष्ट्रिय कीर्तिमान

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी तारादेवी पुनले ७५ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्नाच, क्लिन एन्ड जर्क र कुल १ सय ६४ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन् । यसअघि उनकै नाममा १ सय ६२ केजीको राष्ट्रिय कीर्तिमान थियो ।

ताराले बिहीबार स्याचमा ६८ र क्लिन एन्ड जर्कीमा ९६ केजी भार उचालिन् । यसअघि स्याचमा ६७ र क्लिन एन्ड जर्कमा ९५ केजी उनकै नामा कीर्तिमान थियो । पुरानो कीर्तिमन उले २०७० सालमा वीरगन्जमा भएको प्रथम शालिमार खुला भारोत्तोलन प्रतियोगितामा राखेकी थिइन् ।

ताराले स्वर्ण जितेको उक्त स्पर्धामा त्रिभुवन आर्मी क्लबकी उषा खड्काले कुल १ सय ३९ केजी र आर्मीकै मन कुमारी कुमालले १ सय ३० केजी भार वहन गर्दै कास्य पदक जितिन् । सोही तौलको जुनियर तर्फ लाखे फिजिकल फिटनेशकी जयन्ति श्रेष्ठले ९० केजी भार उचालेर स्वर्ण पदक जितिन् ।

पुरुष तर्फको १ सय ५ केजी माथीको तौलमा आर्मीका पुकार गुरुङले १ सय २७ स्नाच केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान बनाएका छन् । यसअघि उनकै नाममा १ सय २६ केजीको कीर्तिमान थियो । उनले पछिल्लो कीर्तिमान २०१७ मा ईरानको अहवाजमा भएको तेश्रो एफएजेआर कप आमन्त्रण भारोत्तोलन च्याम्पियनसिपमा राखेका थिए ।

क्लिन एन्ड जर्कमा १ सय ४० केजी भार उचालेका पुरकाले कुलमा २ सय ७६ केजीका साथ स्वर्ण जिते । भृकुटी टोल सुधार युवा क्लबका राजीव महर्जनले कुल २ सय ८ केजीका साथ रजत र दीप ज्योती क्लबका सुभाष उपाध्यायले १ सय ९७ केजी तौलका साथ कास्य पाए ।

ललितपुरस्थित स्पोर्टस् हाईवमा भएको प्रतियोगिताको महिला ६३ केजी तौलमा आर्मीकी मनिता श्रेष्ठले १ सय ३६ केजी उचाल्दै स्वर्ण पदक जितिन् भने सोही क्लबकी सारदा चौधरी (१ सय ३० केजी) ले रजत पदक जितिन् ।

महिलाकै ६९ केजी सिनियर तर्फ पुलिसकी राज लक्ष्मी थापा (१ सय ५० केजी) ले स्वर्ण र जानकी बुढा (१ सय १६ केजी) रजत पदक जितिन् । जुनियर तर्फ चितवन फिजिकल फिटनेशकी पुजा कुमालले ७० केजी भार उठाउँदै स्वर्ण पदक जितिन् ।

पुलिसकी लक्ष्मी बनले ९० केजी तौल समूहमा कुल १ सय ४९ केजी भार वहन गर्दै स्वर्ण पदक जितिन् । १ सय केजी भार उचालेकी धनगढी युवा क्लबकी ज्योती चौधरीले कास्य पदक जितिनर् । सो समूहको जुनियर तर्फ नेपाल ब्यायाम मन्दिरकी विद्या राईले ८० केजी भार उचाल्दै का साथ स्वर्ण पदक पाईन् ।

काठमाडौं जिल्ला भारोत्तलोन संघले आयोजना गरेको उक्त प्रतियोगिताको पुरुष ६९ केजी सिनियर तर्फको खेलमा ओलम्पियन तथा साग स्वर्ण पदकधारी नेपाली सेनाका कमल बहादुर अधिकारीले स्वर्ण पाए । कुल २ सय ५७ केजी भार उचाल्दै उनले स्वर्ण पदक जिते । एपिएफका महेश चौधरीले १ सय ९९ केजीका साथ रजत र आर्मीका जीवन तामाङले १ सय ७२ केजी भारका साथ कास्य पदक जिते ।

जुनियर तर्फ फिटनेश तथा अर्डरका प्रकाश के.सी.ले कुल २ सय २५ केजीका साथ स्वर्ण तथा वीरगंज युनाईटेडका निरज गुप्ताले १ सय १५ केजीका साथ रजत पदक प्राप्त गरे । ७७ केजी तौलमा पुलिसका विकास थापाले स्वर्ण पदक जिते । उनले कुल २ सय ४७ भार उचाले । पुलिसकै प्रकाश बैश्य २ सय १९ केजीका साथ रजत र आर्मीका यज्ञबहादुर सारुले २ सय १३ केजीका साथ कास्य पदक जिते । जुनियर तर्फ फिटनेश एण्ड अर्डरका सुरज बैश्यले १ सय ७६ केजी उचाल्दै स्वर्ण हात पारे ।

अशोक फिटनेश ईक्विपमेण्ट र हेल्थ ट्याक फिटनेश ईक्विपमेण्टको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष ८५ केजी तौल समूहमा आर्मीका सुरेन्द्र श्रेष्ठले कुलमा २ सय २६ केजी भारका साथ स्वर्ण पदक जिते । आर्मीका दिनेश कार्कीले २ सय ३ केजीका साथ रजत र एपिएफका तिलक थापाले १ सय ८० केजी उचाल्दै कास्य पदक जिते । जुनियर तर्फ दीपज्योती क्लबका विशाल सिंह बिष्टले कुलमा २ सय १७ केजीका साथ स्वर्ण पदक प्राप्त गरे ।

पुरुष ९४ केजी तौल समूहमा पुलिसका गगन चन्दले २ सय २१ केजीका साथ स्वर्ण, एपिएफका सुजन बि.क.ले १ सय ६७ केजीका साथ रजत र ओम फिटनेशका अरविन्द गुप्ताले १ सय ६० केजीका साथ कास्य पदक जिते । जुनियर तर्फ द पेम्बा क्लबका जयदीप कोजुले १ सय ८४ केजीका साथ स्वर्ण र ओम फिटनेशका सदव अमिन सिद्धिकीले १ सय ६० केजीका साथ रजत पदक प्राप्त गरे ।

१ सय ५ केजी तौल समूहमा पुलिसका सन्देश गुरुङले स्वर्ण र वीरगन्जका मोहम्मद आशिक हुसेनले रजत र आर्मीका विनोद खड्काले कास्य पदक जिते । सन्देशले कुल २ सय ४८ केजी, हुसेनले २ सय र विनोदले १ सय ८७ केजी भार उचालेका थिए । सोही तौल समूहको जुनियर तर्फ दीपज्योती क्लबका सागर भण्डारीले २ सय ३ केजी साथ स्वर्ण र ओम फिटनेशका रोशन बि.सी.ले १ सय ५० केजीका साथ रजत पदक जिते ।

तारा देवी र पुकार स्ट्रङ्गेष्ट खेलाडी
आ आफ्नो तौल समूहमा राष्ट्रिय कीर्तिमान राखेका पुलिसकी तारादेवी पुन महिला तर्फ र आर्मीका पुकार गुरुङ पुरुषतर्फ प्रतियोगिताको स्ट्रङ्गेष्ट खेलाडी घोषित भए । महिला तर्फ जुनियरमा ओम फिटनेशकी संजु चौधरी र सिनियर तर्फ पुलिसकी देवी कुमारी चौधरी उत्कृष्ट लिफ्टर घोषित भए । पुरुष तर्फ सिनियरमा सेनाका कमलबहादुर अधिकारी र जुनियर तर्फ ओम फिटनेशका प्रकाश के.सी. उत्कृष्ट लिफ्टर घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल भई जुनियर पुरुष तर्फ खर्साल युथ क्लबका राम कुमार यादव र महिला तर्फ ग्यालेक्सि फिटनेशकी करिना चौधरी उदियमान खेलाडी घोषित भए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन, महासचिव पार्थ सारथी सेन गुप्त, काठमाडौं जिल्ला संघका अध्यक्ष विजेन्द्र शाह लगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.