default_image

8 years ago

April 28, 2018

दक्षिण एसियाली ट्रायथलनमा मनिचन्द्र र समिरालाई स्वर्ण

173 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौ दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

ट्रायथलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साइक्लिङ १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । भारतका विश्वरजित साइखाम ५९ मिनेट ५७ सेकेन्डका साथ रजत र नेपालका बसन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ कास्य पदक जितेका थिए ।

महिलामा समिराले १ घण्टा ४ मिनट ५० सेकेण्डमा पुरा गरिन् । दोश्रो भएकी भारतकै प्रग्न्या मोहनले १ घण्टा ८ मिनट र ४२ सेकेन्ड र तेश्रो भएकी नेपाली खेलाडी सोनी गुरुङले १ घण्टा १३ मिनट ८ सेकेण्डमा पुरा गरिन् ।

प्रतियोगिताको खुला पुरुष तर्फ पनि छैटौं दक्षिण एसियालीकै शीर्ष तीन मनिचन्द्रले स्वर्ण, विश्वरजितले रजत र बसन्त चौधरीले कास्य जिते । महिला खुलमा स्पेनकी इश्वराले स्वर्ण पदक जितिन् । उनले उक्त दूरी १ घण्टा ३ मिनट ३४ सेकेण्डमा पुरा गरिन् । दोश्रो स्थानमा भारतकी समिरा र तेश्रो स्थानमा प्रग्नया रहे ।

नेपाल पर्वतीय खेलकुद अन्तर्गत भएको प्रतियोगिताको ८ औं राष्ट्रिय ट्रायथलन प्रतियोगिता तर्फ पुरुषमा त्रिभुवन आर्मी क्लबका खेलाडीको दबदबा रह्यो । आर्मीका बसन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ स्वर्ण पदक जिते । दिपेश चौधरीले १ घण्टा १ मिनट १८ सेकेण्डका साथ रजत र रुद्र कटुवालले १ घण्टा ४ मिनट ४३ सेकेण्डका साथ कास्य पदक प्राप्त गरे ।

महिला तर्फ एपिएफकी सोनी गुरुङले १ घण्टा १३ मिनट ८ सेकेण्डका साथ स्वर्ण, रोजा के.सी.ले १ घण्टा १७ मिनट ३३ सेकेण्डका साथ रजत र सेनाकी यामकुमारी भुजेलले १ घण्टा २४ मिनट १ सेकेण्डका साथ कास्य पाईन् । रोजाले भारतको गोहाटीमा दुई वर्षअघि सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा व्यक्तिगत तर्फ कास्य र टिम स्पर्धामा रजत पदक जितेकी थिइन् ।

लेक साइडमा भएको प्रतियोगिताको ५ कि.मि. दौड २० कि.मि. साइक्लिङ र २.५ कि.मि. दौड आर्मीका मानबहादुर थापाले जिते । उनले उक्त दूरी ५४ मिनट १७ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । एपिएफका किरण मल्लले ५५ मिनट ३९ सेकेण्डका साथ रजत र लक्ष्मण मल्लले ५५ मिनट ५३ सेकेण्डमा पुरा गर्दै कास्य पदक हात पारे ।

महिला तर्फ दुई खेलाडीको मात्र प्रतिस्पर्धा भएकोमा एपिएफकी हुमा बुढा मगरले आफ्नै क्लबकी प्रतिमा चौधरीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । हुमाले १ घण्टा १० मिनट ९ सेकेण्ड र प्रतिमाले १ घण्टा १५ मिनट २३ सेकेण्डमा दूरी पुरा गरे । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट पुरस्कार वितरण गरे ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.