default_image

8 years ago

May 8, 2018

अन्तर्राष्ट्रिय पदक विजेता वादोरियो खेलाडी सम्मानित

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ । जापानमा भएको १२ औं सिजी निसिमुरा अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेता विकबहादुर थामी, रजत विजेता रिमला राई र कांस्य विजेता पुरुषोत्तम पोखरेल सम्मानित भए ।

त्यस्तै भारतको राजस्थानमा भएको इमास एसियाली खुला कुमुते प्रतियोगिताका स्वर्णधारी चित्रप्रसाद श्रेष्ठ, एलोन श्रेष्ठ, कुइसाङ लामा, मिङमार लामा, सुस्मिता वाईबा, साजन दोङ, सागर चौलागाईं, नवराज पुरी, युवराज पुरी र रमिता माझीलाई सम्मान गरिएको छ ।

रजत विजेता सुजन मल्ललाई पनि सम्मान गरियो । उक्त प्रतियोगितामा नेपाल १० स्वर्ण र १ रजतसाथ टिम उपविजेता भएको थियो । व्यवस्थापक नेत्रबहादुर भुजेल पनि सम्मान गरियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले सम्मान गरेका थिए ।

सोही अवसरमा संघको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख ३० गतेदेखि हुने पनि जानकारी दिइयो । प्रतियोगितामा ९ राष्ट्रको सहभागिता निश्चित भइसकेको नेपाल कराते महासंघका महासचिव समेत रहेका आयोजक संघका अध्यक्ष हरिशरण केसीले जानकारी गराए । बसुन्धारामा हुने दुईदिने प्रतियोगितामा ४ सय ९५ खेलाडीले विभिन्न ३७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.