8 years ago
May 9, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आठौं संस्करणको ‘कान्तिपुर रनर हाफ म्याराथन’ जेठ पहिलो साता हुने भएको छ । आयोजक कान्तिपुर पब्लिकेसन्स प्रालिले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ ५ गते हाफ म्याराथन आयोजना गर्ने जानकारी दिएको छ ।
यसअघि पब्लिकेसन्सकै वार्षिकोत्सवको अवसरमा आयोजना गरिने म्याराथन यसपटक भने जेठमा गर्न लागिएको पब्लिकेसनका सहायक महाप्रबन्धक महेश स्वाँरले बताए । नेपाल एथलेटिक्स सघंको प्राविधिक सहयोगमा हुने हाफ म्याराथन (२१.१ किलोमिटर), ३ किमिको ह्विल चेयर दौड र ५ किमिको कर्पोरेट–मिडिया दौड हुने बताइएको छ । सबै विधामा गरी करिव २५ सयले भाग लिने आयोजकको अपेक्षा छ ।
हाफ म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेताले रनर काइट प्लस स्कुटरसहित समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले समान ३० हजार र तेस्रो हुनेले समान २० हजार प्राप्त गर्नेछन् । यस्तै चौथो, पाँचौ र छैटौंले क्रमशः १०, ५ र ३ हजार प्राप्त गर्नेछन् ।
महिला र पुरुष विजेताको लागि दुई थान स्कुटर रमन मोटर्सले उपलब्ध गराउने छ । रमन मोटर्सका सिइओ रमन महतोले म्यराथन र रनर नाम पनि मिल्दो जुल्दो भएकाले सहकार्यका लागि तयार रहेको बताए ।
हाफ म्याराथन कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर, बबरमहल, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, जडीबुटी, गट्ठाघर, सानोठिमी हुँदै सल्लाघारी चोक पुगेर सोही रुट फिर्ता हुदै कान्तिपुर पब्लिकेसनमा आएर सकिने छ ।
ह्विल चेयरतर्फको महिला र पुरुष विजेताले समान २० हजार, दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार प्राप्त गर्नेछन् । ह्विल चेयर दौड कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर मण्डला घुमेर पुन कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।
कर्पोरेट–मिडियातर्फको विजेताले काठमाडौं–हङकङ–काठमाडौंको हवाई टिकट पाउनेछन् । त्यस्तै दोस्रोले काठमाडौं–पोखरा–काठमाडौंको हवाई टिकट र तेस्रोले माउन्टेन फ्लाइटको टिकट प्राप्त गर्नेछन् ।
कर्पोरेट–मिडिया दौड कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर, बबरमहल, नयाँ बानेश्वर हुँदै सिभिल हस्पिटल पुगेर पुन त्यहिँ बाटो फर्केर कान्तिपुर पब्लिकेशन थापाथली आएर टुंगिने छ ।
कान्तिपुर रनर हाफ म्याराथनमा सहभागिता जनाउन बैशाख २९ गतेभित्र कान्तिपुर पब्लिकेशन आएर नाम दर्ता गराईसक्नु पर्ने हुन्छ । दर्ता निशुल्क रहेको आयोजकले जनाएको छ ।
पब्लिकेसनका सहायक महाप्रबन्धक महेश स्वाँरले कान्तिपुर हाफ म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरको दौड बनाउने लक्ष्य रहेको र त्यसका लागि एथलेटिक्स संघसँग छलफल अघि बढिरहेको जानकारी दिए ।
उनले यसअघि कान्तिपुरको बार्षिकोत्सवमा आयोजना गरेपनि अबका दिनमा फरक दिनमा र अलग कार्यक्रमका रुपमा आयोजना गर्ने बताए । एथलेटिक्सका मुख्य प्रशिक्षक अमिरी यादवले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रतियोगिता हुने र दुरी पनि सोही अनुसार तय गरिएको बताए ।
कान्तिपुर हाफ म्याराथनका सातौ संस्करण सम्मका विजेताहरु
२०६७– अर्जुन कुमार बस्नेत/कान्छीमाया कोँजु
२०६८– हरि कुमार रिमाल/बृन्दा श्रेष्ठ
२०६९– कल्याण बाँनिया/कान्छीमाया कोँजु
२०७०– अनिष थापामगर/कान्छीमाया कोँजु
२०७१– हरि कुमार रिमाल/विश्वरुपा बुढा
२०७२– गोपीचन्द्र पार्की/रेशु बस्नेत
२०७३– हरि कुमार रमाल/कान्छीमाया कोँजु
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]