default_image

8 years ago

May 15, 2018

टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

163 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – यसै महिना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेटको दबदबा रहेको छ । पुरुषतर्फको बर्ष खेलाडीका लागि क्रिकेटका करण केसीसहित शारीरिक सुगठनका कमलबहादुर भण्डारी र आर्चचरीका तिलक पुन मगर मनोनयमा परेका छन् । अवार्ड जेठ १८ गते आयोजना हुँदैछ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार पत्रकार सम्मेलन गर्दै वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, उदयीमान खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । महिलातर्फ सितेरियो करोतकी विमला नेपाली, हक्कीकी कमला पुन र आर्चरीकी केशरी आलेमगर मनोनयमा छन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा एथलेटिक्स विवेक अधिकारी, कबड्डीकी बुद्धिमाया मगर ‘कविता’ र क्रिकेटका मेगबहादुर सेन छनोटमा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक विधामा शरीरिक सुगठन जीवन घिमिरे, क्रिकेटका रिजन प्रजु र फुल कन्ट्याक्स करातेका शिवबहादुर गुरुङ मनोनयमा छन् ।

उत्कृष्ट पुरुष खेलाडीले अपाचे मोटरसाइकल र महिला खेलाडीले स्कुटर पाउनेछन् । उदयीमान खेलाडी र उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । चारै विधामा उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक/एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिने मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए ।

मञ्चले यस वर्ष सर्वोत्कृष्ट उत्कृष्ट खेल संघ विधामा कास्की जिल्ला ब्याडमिन्टन संघलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । अवार्ड वितरण समारोहमा संघलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ । खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्षदेखि खेल पर्यटन पत्रकारिता पुरस्कारको विधा पनि थपेको छ ।

कास्कीमा रही कम्तिमा ५ वर्ष खेलकुदलाई पर्यटनसँग जोडेर कलम चलाउँदै आएका एक जना पत्रकारलाई हरेक वर्ष १५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्च कास्कीका सचिव रञ्जन अधिकारीले बताए । सो अवसरमा खेलसम्बन्धी गीतका गायक विनोद बानियाँलाई समेत अवार्डमा सम्मान गरिने बताइएको छ ।

लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई

खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेल पूर्वाधारका अभियन्ता प्रा.डा. वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने भएको छ । प्राज्ञिक क्षेत्रका व्यक्तित्व रहेर पनि पोखरामा खेलकुदका विकासमा उनको योगदानको कदर गर्दै मञ्चले सम्मान गर्न लागेको हो । उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्रमुख हुन् ।

पोखरामा हक्की खेल भित्राउने श्रेय उनलाई नै जान्छ । लनटेनिससँगै अहिले लोकप्रिय बनेको क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा उनको महत्वपूर्ण योगदान छ । भूतपुर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष समेत रहेका गुरुङ २०६१ सालमा पोखरा रंगशाला पर्खाल निर्माण समितिको संयोजक पनि हुन् ।

क्यानका पूर्व उपाध्यक्ष, कास्की क्रिकेटका पूर्व अध्यक्ष, क्रिकेट मैदान निर्माण संयोजक समेत भएर गुरुङले योगदान गरेका छन् । उनलाई पोखरा स्पोर्टस अवार्ड वितरण समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक दिननाथ बरालले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पत्रकारले आयोजना गरेको यो अवार्ड पत्रकार र खेलाडीको मात्र नभई सम्पूर्ण पोखरेलीको प्रतिष्ठाको विषय भएको बताए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.