10 years ago
August 27, 2015
काठमाडौं, भाद्र १० |
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ (आइटिएफ)का उपाध्यक्ष अन्जन धमला बुल्गेरीयामा अडर अवार्ड बाट सम्मानित भएका छन् । धमलाले तेक्वान्दोको विकास विस्तारमा बिशेस भुमिका निभाएको भन्दै अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (अष्ट्रिया) ले सम्मान गरेको हो ।
अष्ट्रियाले बिभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरि प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गदै आएको छ । यस बर्ष भने नेपालका धमला छनोटमा परेका हुन ।
बुल्गेरियाको प्लोभदिभ शहरमा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २५ औं महाधिवेशनको अवसरमा सम्मान ग्रहण गदै धमलाले खुसी ब्यक्त गदै भने यो अवार्ड आफ्नो लागि मात्र नभई समग्र नेपाली खेलकुद विकासको लागि महत्वपर्ण रहेको बताए । उनले आफ्नो अनुभव,शिप र कौशललाई इमान्दार खेलकर्मीको हैसियतले खेलकुदको बिकास र बिस्तारमा सर्मपित रहि रहने प्रतिबधर्ता ब्यक्त गरे ।
धमलाले बुल्गेरियामा अन्तर्राष्ट्रि«य प्रशिक्षक प्रशिक्षण कोर्ष र अन्तर्राष्ट्रि«य रेफ्रिकोर्षमा समेत सहभागीता जनाएको आइटिएफका अध्यक्ष अन्जुनाथ श्रेष्ठले जनाएका छन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]