9 years ago
September 4, 2015
भाद्र १७, काठमाडौं-
पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद २०७२ का लागि गठित मुल आयोजक समितिले सातौं राष्ट्रिय खेलकुदलाई नकारात्मक प्रभाव पर्ने भन्दै देशमा हाल भइरहेको बन्द, हडतालसहितका हिंसात्मक गतिविधिहरु अन्त्य गर्न आग्रह गरेको छ ।
विराटनगरमा बिहीबार मुल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री पुषोत्तम पौडेलको अध्यक्षतामा बसेको बैठक मार्फत देशको खेलकुदको महोत्सवका रुपमा सञ्चालन हुन गइरहेको सातौ राष्टिय खेलकुद लाई सौहार्दपुर्ण बाताबरणमा सञ्चालन गर्न बन्द हड्ताल बन्द गर्न आग्रह गरेको हो । साथै बठकले आफ्ना समस्याहरु शान्तिपुर्ण रुपमा प्रस्तुत गर्न र वार्ताका माध्यमबाट समाधान गर्न सम्पुर्ण सरोकारवालहरु लाई अपिल समेत गरेको छ ।
त्यस्तै राष्ट्रिय खेलकुद भब्यतापुर्वक सम्पन्न गर्न नागरिक समाज, बुद्धिजिवी, उद्योगी, व्यवसायी, व्यापारी, राजनैतिक दल, सामाजिक संघ संस्था, खेलाडी, खेलकर्मी, पत्रकारलगायत आमजनसमुदायलाई सहयोग गर्न समेत अपिल गरिएको छ ।
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]
December 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैतमा कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद चैतको २३ देखि ३० गते हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रवार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी […]
December 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विशेष साधारणसभाले एनओसी नेतृत्वको कार्यकाल सम्बन्धि प्रावधानलाई संशोधन गरेको छ । दुई तिहाई सदस्यले अध्यक्ष र महासचिवको कार्यकाल अवधि थपसहित अन्य बुँदा पनि संशोधन गरेको छ । एनओसीले अध्यक्ष र महासचिवले अब ४ पटकसम्म उम्मेदवार बन्न पाउने गरी विधान संशोधन गरिएको हो । लगातार अथवा फरक […]